नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
कोहलपुरमा आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’ मा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी दश वर्षमा नेपाली समाज साम्यवादी बन्ने विचार व्यक्त गरे ।(अनलाइन खबर, ८ असोज)
प्रचण्डले एक जना ‘भावुक’ नेताको छवि बनाएका छन् । साथै स्रोताको मनोभावनाअनुसार कुरा फेरी फेरी बोल्ने सामथ्र्य राख्ने नेताको रुपमा पनि जनताले उनलाई चिनेका छन् । त्यही भएर कति मानिस उनको कुरामा एकैबाजी विश्वास पनि गरिहाल्दैनन् ।
२०६४ सालमा भक्तपुरमा आयोजित एक चुनावी जनसभामा प्रचण्डले ‘नेपालमा समाजवादी समाज आगामी दुई वर्षमा पनि नआउने’ घोषणा गरेका थिए । त्यत्तिबेला उनको त्यो भनाई नेपाल मजदुर किसान पार्टीले चलाइरहेको समाजवादी प्रचार अभियानप्रति लक्षित थियो । ठीक दश वर्षपश्चात प्रचण्डले नेपालमा साम्यवादी समाज आगामी एक दशकमा आउने घोषणा गरेका छन् ।
सत्तामा हुँदा भारतको ताबेदारी गरी नेपालको परराष्ट्र मामला सबै भारतको शरणमा बिसाउने अनि सत्ताबाहिर हुँदा जनतालाई साम्यवादको सपना बाँड्दै हिंड्नु पाखण्ड, झुठ र बद्नियत अवसरवादको पराकाष्ठा हो । बोल्न पायो र सुन्ने छन् भनेर जे पायो त्यही बोल्नु प्रचण्डको हलुका राजनीतिक चिन्तनको द्योतक हो ।
साम्यवादी समाजको परिकल्पना काल्पनिक समाजवादीहरुले गरेका थिए । समयान्तरमा कार्ल माक्र्सले वैज्ञानिकताको धरातलमा साम्यवादी समाजको अवश्यम्भाविता र अपरिहार्यताको दर्शन दिएर मानव समाजलाई दिशानिर्देश गरे । पूँजीवादी व्यवस्थाको पतन पछि समाजवादको ऐतिहासिक युग छिचोलेर बन्ने वर्गविहीन र राज्यविहीन समाज नै सारमा साम्यवाद हो । हरेक सच्चा कम्युनिष्ट पार्टीको लक्ष्य शोषणरहित साम्यवादी समाज स्थापना गर्नु हुने गर्दछ । तथापि आजसम्म संसारमा कुनै पनि देशमा साम्यवादी समाज स्थापना भएको छैन र साम्यवादी समाजको स्थापनाको यात्रा यथार्थतः लामो पनि छ ।
तर नेपालमा नौलो जनवादी व्यवस्था स्थापना गर्न दस वर्ष सशस्त्र युद्ध गरेर अन्ततः भारतीय बिस्तारवादको सेवकमा पतन भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले फेरि जनता झुक्याउन अर्को पासो राख्न खोज्दैछन् । प्रदेश नं २ को चुनावमा ‘सन्तोषजनक’ नतिजाका कारण भावुक भएर हुनुपर्दछ, उनले एकै दशकमा साम्यवाद आउने सपना देखे । संविधानमा उल्लेख भएको समाजवादी अधिकारसमेत जनतालाई दिन तयार नभएका पूर्वप्रधानमन्त्रीले साम्यवादको कुरा गर्नु आफैमा झुठको बिस्कुन हो । कहिले दुई वर्षसम्म समाजवादी नआउने कुरा गर्ने अनि कहिले एक दशकमा साम्यवाद आउने कुरा गर्ने मानिस या त मानसिक रोगी हो नभए अल्पज्ञानताको परिणाम हो । के प्रचण्डलाई साम्यवाद र समाजवाद अनि मानव समाजको विकासक्रमबारे न्युनतम ज्ञान पनि नभएको हो ?
सत्तामा हुँदा भारतको ताबेदारी गरी नेपालको परराष्ट्र मामला सबै भारतको शरणमा बिसाउने अनि सत्ताबाहिर हुँदा जनतालाई साम्यवादको सपना बाँड्दै हिंड्नु पाखण्ड, झुठ र बद्नियत अवसरवादको पराकाष्ठा हो । बोल्न पायो र सुन्ने छन् भनेर जे पायो त्यही बोल्नु प्रचण्डको हलुका राजनीतिक चिन्तनको द्योतक हो ।
नेपाली जनताले को नेता कस्तो र तिनलाई नेता बनाउने वा नबनाउने भन्ने कुराबारे सुझबुझ राख्न जरुरी छ ।
Leave a Reply