साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, २० फागुन । जोत्नेलाई जग्गा वितरणको लागि किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षाका निम्ति तेस्रो राष्ट्रिय सम्मेलन भन्ने मूल नाराका साथ नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन तथा आठौँ भक्तपुर जिल्ला सम्मेलन सफल पार्न आर्थिक, भौतिक एवं नैतिक सहयोग गर्ने महानुभावहरूलाई शनिबार धन्यवाद कार्यक्रम गरियो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले विगतको किसान आन्दोलनको परिणाम जग्गामा किसानले स्वामित्व पाएको चर्चा गर्दै बारा, पर्सा, सिराहा, सप्तरी, रौतहटको किसान आन्दोलन वर्ग सङ्घर्षको एक रूप हो भन्नुभयो ।
भक्तपुरमा साँढे धपाउने आन्दोलन, मोहियानी हक सुरक्षा आन्दोलन, भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन र भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादको थिचोमिचो, अतिक्रमणविरुद्ध किसान आन्दोलन अघि बढेको उल्लेख गर्दै उहाँले देशको सार्वभौमिकता रक्षार्थ देशभक्तिपूर्ण आन्दोलन जारी छ भन्नुभयो ।
राजनीतिक पार्टीका नेताहरूको असक्षमताले देश र जनताले दुर्गति भोग्नुपरेको उल्लेख गर्दै उहाँले शासक दलका नेताहरूको लोभीपापी, विदेशभक्तिकै कारण देश हरेक क्षेत्रमा परनिर्भर हुँदै गएको छ भन्नुभयो ।
कृषिप्रधान देशमा रासायनिक मल कारखाना स्थापना नगरी विदेशबाट मल आयात गरी कमिसन खान पल्केका सत्तासीन नेताहरूको कारण देशको कृषि उत्पादन झन्झन् खस्कँदै गएको उहाँले बताउनुभयो ।
जेल सजाय दिनुपर्ने अपराधीहरू सिंहदरबारमा कुर्सी कब्जा गरी बस्नु पुँजीवादी व्यवस्थाको परिणाम हो, वर्ग दुश्मनबाट जहिले पनि हामी सचेत हुनुपर्छ, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भनपा ३ वडा समितिका अध्यक्ष रामसुन्दर खाताखोले अग्रज किसान कार्यकर्ताहरूको योगदानबाट सिकेर नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।
भनपा वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोराले कृषिप्रधान देशमा मलखाद बीउ बिजनको उपलब्ध नगराउनुले यो सरकार किसानविरोधी सरकार हो भन्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले उत्पादन गरेको कम्पोष्ट मल किसानहरूलाई सहुलियत दरमा बिक्री गरिरहेको जानकारी दिनुभयो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्णगोपाल राजचल र कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।
Leave a Reply