भर्खरै :

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको वार्षिक अधिवेसन सुरु

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको वार्षिक अधिवेसन सुरु

पेइचिङ, २० फागुन (सीआरआई) । चीनको सर्वोच्च राजनीतिक परामर्शदात्री संस्था अर्थात् चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन मार्च ४ तारिख दिउँसो पैचिङमा सुरू भएको छ । जुन जन राजनीतिक परामर्शदात्री सम्मेलनको नयाँ राष्ट्रिय समितिका लागि ५ वर्षिय कार्यावधिमा रहेको पहिलो वार्षिक अधिवेशन हो ।
मार्च ४ तारिख दिउँसो ३ बजेतिर चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन जन बृहद् सभा भवनमा शुरू भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङलगायत पार्टी र देशका नेतागण सभास्थलमा प्रवेश गरी उद्घाटन समारोहमा भाग लिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *