भर्खरै :

आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार : राष्ट्रपति सी

आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार : राष्ट्रपति सी

बेइजिङ, २२ फागुन, (सिन्ह्वा) । चीनका राष्ट्रपति सी चिन फिङले आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार भएको बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहनुभएका नेता सीले चीनको १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा जियाङसु प्रान्तका प्रतिनिधिमण्डलका सदस्यहरूसँग छलफलमा भाग लिँदै आइतबार उक्त टिप्पणी गर्नुभएको हो ।
त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्रपति, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशनमा संलग्न भएका राष्ट्रिय प्रजातान्त्रिक निर्माण समिति, उद्योग तथा वाणिज्य सङ्घका सदस्यहरूसँग भेट गर्नुका साथै राय तथा सुझाव सुन्नुभएको छ ।
त्यसैगरी मार्च ५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले च्याङ सु प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा भाग लिँदै ‘उच्च गुणस्तरीय विकास’ विषय केन्द्रित आफ्नो विचार प्रस्तुत गर्नुभएको छ ।
उहाँका अनुसार, उच्च गुणस्तरीय विकासकालागि चीनको सम्पूर्ण रूपमा समाजवादी आधुनिक मुलुकको निर्माण गर्ने सर्वप्रथम कार्यभार रहेको छ । उहाँको विचारमा, चीनले उत्कृष्ट वैज्ञानिक अध्ययनको समर्थन दिँदै जाने, प्रभावकारी प्राविधिक सिर्जना केन्द्रको स्थापना गर्ने, आधुनिक औद्योगिक प्रणालीको निर्माण गर्ने, वास्तविक अर्थतन्त्रको विकासमा ध्यान दिने, उच्चस्तरीय विदेशी खुलापनलाई अघि बढाउने छ । यी तरिकामार्फत चीनको उच्च गुणस्तर विकासलाई साकार तुल्याउने छ ।
त्यस्तै चीन राज्य परिषदको प्रेस कार्यालयले फेब्रुअरी ६ का दिन बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै उच्चस्तरीय विकास गरेर समाजवादी आधुनिकीकरण देशको निर्माणका लागि राम्ररी सुरूआत गर्ने विषयबारे जानकारी दिएको छ ।
राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख याङ यिनखाइले दिनुभएको जानकारीअनुसार, सन् २०२२ मा चीनले विदेशी लगानी भित्र्याउने उपलब्धिमा तीन नयाँ परिवर्तन देखिएको छ ।
पहिलो, वैदेशिक लगानी भित्र्याउने गुणस्तर निरन्तर माथि उकासेर उत्पादन तथा उच्चस्तरीय प्रविधि उद्योगमा प्रयोग गर्ने वैदेशिक लगानी क्रमशः ४६.१ र २८.३ प्रतिशतले बढेको छ ।
दोस्रो, वैदेशिक लगानीमा अझै विविधता छ । चीनका लागि यूरोपेली सङ्घ र ‘बेल्ट एन्ड रोड’ वरिपरिका देशको लगानी क्रमशः ९२.२ र १७.२ प्रतिशतले बढेको छ ।
तेस्रो, वैदेशिक लगानी गर्ने क्षेत्र क्रमशः सन्तुलित बन्दै छ । मध्य भाग र पश्चिमी भागमा प्रयोग वैदेशिक लगानी क्रमशः २१.९ र १४.१ प्रतिशतले वृद्धि भएको छ ।

चीन सधैँ नै उच्चस्तरीय वैदेशिक खुलापनको कर्ता हो । चीनले अझै खुला तथा सहिष्णु धारणामा वैदेशिक लगानीकालागि प्रेरणा र प्रोत्साहन दिने पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *