भर्खरै :

ललितपुरमा प्रवचन कार्यक्रम

ललितपुरमा प्रवचन कार्यक्रम

ललितपुर, २४ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ, ललितपुर जिल्ला समितिले बुधबार प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले श्रमिक महिलाको मुक्तिको निम्ति श्रमिक वर्ग नै मुक्त हुनुपर्ने भनाइ राख्नुभयो । सामन्तवादी तथा पुँजीवादी समाजमा महिला शोषणमै परेको भन्दै समाजवादी समाजको स्थापना भएपछिमात्र महिलाले मुक्तिको सास फेर्न पाउने विचार राख्दै केन्द्रीय सदस्य गोसाईले श्रमिक वर्गका महिलाको राजनीतिक तथा सांस्कृतिक चेतना उठाउने काम गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला अध्यक्ष राजवीर डंगोलले पुँजीवादी समाजमा महिलाको यौन शोषण हुने, वेश्यावृत्ति हुने भन्दै समाजवादमा महिलाले व्यक्तित्व विकासमा समान अवसर मिल्ने बताउनुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजूले महिलाको क्रान्तिकारी सङ्घर्षबाट महिलाले हकअधिकार पाएको बताउनुभयो ।
नेक्रामसङ्घका अर्का केन्द्रीय सदस्य सुनकेसा शाहीले महिलामा राजनीतिक चेतना हिजोभन्दा अगाडि बढेको तर महिलाले अझ धेरै सङ्घर्ष गर्नुपर्ने विचार राख्नुभयो ।
नेक्रामसङ्घका अर्का केन्द्रीय सदस्य गंगा वैद्यले क्रान्तिकारी महिलाहरूको जीवनी अध्ययन गर्दा आन्दोलन र सङ्घर्षमा भागलिन उत्साह थपिने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रविना महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा ममिता श्रेष्ठले आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *