भर्खरै :

सेकरिड हार्टको २० औँ अभिभावक दिवस, वार्षिक पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सेकरिड हार्टको २० औँ अभिभावक दिवस, वार्षिक पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

भक्तपुर, २४ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपा वडा नं. ५ स्थित सेकरिड हार्टको २० औँ अभिभावक दिवस, वार्षिक पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले श्रमिक महिला दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै संस्थाको विकास र प्रगतिमा त्यहाँको नेतृत्व र व्यवस्थापन पक्षले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्थामा महिलाहरू शोषण र पीडाबाट मुक्त नहुने बताउँदै महिलाको समानता र अधिकार सुनिश्चितताको लागि समाजवादी व्यवस्था नै अपरिहार्य भएको बताउनुभयो ।
विद्यालय, अभिभावक र विद्यार्थीको तीनपक्षीय संयुक्त प्रयासबाट देशको लागि आवश्यक असल नागरिक तयार हुने बताउँदै उहाँले भक्तपुर नपाले भक्तपुरका सामुदायिक तथा निजी विद्यालयहरूको शैक्षिक गुणस्तर समान बनाउने प्रयासरत रहेको बताउनुभयो ।
उहाँले गरिब तथा विपन्न विद्यार्थीहरूको लागि शैक्षिक ऋण, छात्रवृत्ति लगायतको व्यवस्था नपाले गर्दै आएको बताउँदै भक्तपुर हाल देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्ने आकर्षणको केन्द्रको रूपमा विकास भइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नंं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै देशभक्तिको भावनाबाट प्रेरित गर्न शिक्षकहरूले विशेष भूमिका खेल्नुपर्ने बताउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
विद्यालयका प्रअ श्रीराम सुवालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक उन्नयनमा अभिभावकहरूको विशेष भूमिका रहेको चर्चा गर्नुभयो ।
त्यस्तै उक्त कार्यक्रममा नेशनल प्याब्सनका प्रदेश उपाध्यक्ष पुण्यराम कवांले अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई सही मार्गमा दो¥याउन प्रमुख सल्लाहकारको भूमिका खेल्नुपर्ने बताउँदै विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी बनाउन विद्यालय परिवार र अभिभावक दुवै क्रियाशील भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ह्यांला आदिवासी तामाङ समाजका कर्म लोप्सान लामा, डेमोस स्कूलका प्रअ, विद्यालयका शिक्षिका शान्ति घिसिङ, गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापति, वरिष्ठ अधिवक्ता रामलोचन झालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै उक्त कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *