नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
बाँके, २५ फागुन । ‘कामदार वर्गका महिला एक होऔँ’ भन्ने नाराका साथ नेपाल क्रान्तिकारी महिला सङ्घ बाँकेले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार कोहलपुरमा सम्पन्न उक्त कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समाजवादी आन्दोलनकै सिलसिला भएकोले हरेक दिन मार्च ८ को ऐतिहासिक पृष्ठभूमि र उद्देश्यबारे घर घरमा चर्चा गर्नुपर्ने बताउनुभयो ।
उहाँले क्रान्तिकारी पार्टी सङ्गठन र महिला नेतृहरूको सङ्घर्षका कारण संसारभर मार्च ८ लाई मनाउन थालिएको चर्चा गर्दै नेपालमा समाजवादी क्रान्तिको निम्ति मातृपार्टी नेमकिपाको उद्देश्यअनुरूप नेक्रामसङ्घ निरन्तर कामदार वर्गका महिलामाझ पुगिरहेको बताउनुभयो ।
राष्ट्रपतिको निर्वाचनबारे बताउँदै केन्द्रीय अध्यक्ष थापामगरले भारतीय शासक वर्गको स्वार्थ पूरा गर्नेहरूलाई पुरस्कारस्वरूप नेपालको महत्वपूर्ण पदमा पु¥याउने काम विस्तारवादी भारतले गरिरहेको स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टी बाँकेका अध्यक्ष बखत थापाले नेमकिपा कामगरी खाने वर्गलाई शासन सत्तामा पु¥याउने अभियानमा लागेको बताउनुभयो । हरेक पार्टी कार्यकर्ताले व्यक्तिगत समस्यालाई कम महत्व दिएर समाजको समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
क्रान्तिलाई पुस्तौँ पुस्ता अघि बढाउन सङ्घर्ष र क्रान्तिकारी कार्यकर्ताको आवश्यकता रहेको बताउँदै अध्यक्ष थापाले भन्नुभयो, “कम्युनिस्ट पार्टीका कार्यकर्ता जनताका आँखामा नानी हुन्, व्यवहार त्यसैअनुरूप हुन आवश्यक छ ।”
उहाँले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका सेवक शासक दलहरूले देशको अहितमा गतिविधि बढाएकाले पार्टी कार्यकर्ताले पनि तिनका विरोधमा सक्रियता बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवालले नेमकिपा समाज र व्यवस्था नै परिवर्तनको लागि लागेकोले महिला कार्यकर्ताले सशक्त ढङ्गले गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मार्च ८ लाई नेक्रामसङ्घले औपचारिकतामा सीमित नगरी इतिहासका क्रान्तिकारी आन्दोलन र सङ्घर्षबाट शिक्षा लिँदै अघि बढिरहेको चर्चा गर्नुभयो ।
क्रान्तिकारी महिला नेतृहरूको जीवनीबारे चर्चा गर्दै केन्द्रीय सदस्य सुवालले भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिका गतिविधिबारे सङ्क्षेपमा चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष कोकिला शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रामसङ्घ बाँकेका उपाध्यक्ष सुर्जा थापा, नेक्राविसङ्घ बाँकेका अध्यक्ष भावना थापा, नेक्राशिसङ्घ बाँकेका प्रतिनिधि नारायणी चौधरी, कर्मचारी समाज नेपालका प्रतिनिधि राजन कोजूले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका जर्मकन्या रोकाया र प्रभा मल्लाहले पनि बोल्नुभएको थियो । जनगायिका सपना मल्लले गीत प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply