गरे के हुँदैन ? दृष्टान्त भक्तपुर
- मंसिर १२, २०८०
भक्तपुर, २६ फागुन । सरस्वती विद्यागृह माध्यमिक विद्यालयको ७१ औँ वार्षिकोत्सव नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
सो अवसरमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पूर्व प्रअहरूको सम्मान, कक्षागत उत्कृष्ट विद्यार्थी, अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरूलाई पुरस्कार एवं मेडल वितरण गरियो ।
कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले नगरका सामुदायिक विद्यालयहरू निजी विद्यालयहरूभन्दा हरदृष्टिले राम्रो भए सर्वसाधारण गरिब जनताको हित हुने चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयलाई निजी विद्यालत्न्दा आकर्षित बनाउनको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार छ । तर, यसको लागि विद्यालय परिवारबाट पनि त्यही किसिमको सङ्कल्प चाहिन्छ† अठोटका साथ पठनपाठनमा समर्पित हुनुपर्छ ।”
देशको वर्तमान शिक्षा नीति श्रमसित नजोडिँदा विश्वविद्यालयहरू शिक्षित बेरोजगार उत्पादन गर्ने केन्द्रको रूपमा विकास भइरहेको चर्चा गर्दै उहाँले शिक्षालाई श्रमसँग जोड्दै सस्तोमा गुणस्तरीय शिक्षा दिने हेतुले भनपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न चाहिरहेको तर सरकारले त्यसो गर्न नदिइरहेको बताउनुभयो ।
बेरोजगार युवा जनशक्ति विदेशिरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले त्यसलाई रोक्न विद्यार्थीहरूलाई आत्मनिर्भरताको पाठ पढाउनुपर्नेमा जोड दिनुभयो ।
भनपाले हाल ८ वटा कलेज सफलताका साथ सञ्चालन गरेर देखाएपछि अब अन्य नगरपालिकाहरूले पनि कलेज सञ्चालन गर्न थालेका छन् भन्दै प्रमुख प्रजापतिले भक्तपुरले अरूलाई बाटो देखाउने काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले विद्यार्थीहरूलाई ठूलो मान्छेभन्दा असल मान्छे बन्न उत्प्रेरित गर्नुपर्छ ।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालयलाई स्थानीयले अपनत्व ग्रहण गरी आवश्यक जग्गासमेत प्रदान गरेको उल्लेख गर्दै जग्गा दाताहरू विष्णुबहादुर मानन्धर र कृष्णमान वनमालाप्रति आभार व्यक्त गर्नुभयो ।
विद्यालय सञ्चालन गर्न सरकारको तर्फबाट पर्याप्त आर्थिक अनुदान नपाएको हुँदा अभिभावकहरूसँग पनि सहयोग लिन बाध्य भएको चर्चा गर्दै उहाँले विद्यालयका हरेक शिक्षकले आफ्नो मासिक तलबको केही अंश विद्यालयको प्रगतिको लागि प्रदान गर्दै आएको पनि जानकारी दिनुभयो ।
विद्यालयमा देखिएको विद्यार्थी ड्रप आउट कम गर्न अभिभावकहरूको विशेष सहयोग चाहिएको चर्चा गर्दै उहाँले विद्यालयको हरेक कुरा पारदर्शी हुने बताउनुभयो ।
भनपा वडा नं. ९ को शिक्षा समन्वय संयोजक ज्ञानसागर प्रजापतिले वडाका तीन सामुदायिक विद्यालयहरू (वागीश्वरी मावि, सरस्वती मावि र दत्तात्रय आधारभूत विद्यालय) बिच आपसी समन्वय गरी एकले अर्कोलाई सहयोग गरी अगाडि बढ्ने प्रयास भइरहेको बताउनुभयो ।
कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष श्रीकृष्ण किसी, पूर्व प्रअ पुण्यराम सुवाल, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान वनमालाले पनि बोल्नुभएको थियो ।
विद्यालयका प्रअ दिनेश वैद्यले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा शिक्षिका इन्द्रलक्ष्मी त्वायनाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका नारायणप्रसाद ह्यौँमिखाले छात्रवृत्तिको लागि समाजको तर्फबाट रू. ४० हजार ५ सयको चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरूले सांस्कृतिक प्रतिभा प्रदर्शन गरेका थिए ।
Leave a Reply