भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, २६ फागुन । आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा विद्यालयको २४ औँ वार्षिकोत्सव कार्यक्रम, शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले विद्यार्थीहरूको शैक्षिक जग नै आधारभूत विद्यालयहरू भएको हुँदा विद्यार्थीको शैक्षिक जग बलियो बनाउन आधारभूत विद्यालयहरू स्तरीय हुनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन भक्तपुरका सामुदायिक तथा निजी विद्यालयहरूको निकै ठूलो भूमिका रहेको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा देशभरिका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको विचार व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले विद्यार्थी जीवनमा सिकेको ज्ञान, सीप र अनुशासनले उनीहरूलाई देशभक्त नागरिक बन्न प्रेरित गर्ने बताउँदै विद्यार्थीलाई सैद्धान्तिक ज्ञान सँगसँगै व्यवहारिक र सामाजिक ज्ञान दिनुपर्नेमा जोड दिनुभयो ।
समितिका अध्यक्ष दीपक माकले समितिको प्रतिवेदन वाचन गर्दै भक्तपुरलाई अन्य क्षेत्रमा जस्तै आधारभूत विद्यालयहरूको क्षेत्रमा पनि नमुना बनाउन सरोकारवाला सबैले आआफ्नो क्षेत्रबाट सक्रियता बढाउन आवश्यक भएको बताउनुभयो ।
उहाँले आधारभूत विद्यालय समितिमा २४ वटा सामुदायिक विद्यालयहरू आबद्ध रहेको बताउँदै समितिले सदस्य विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको शारीरिक, बौद्धिक, मानसिक र संवेगात्मक विकासको लागि विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
समितिका संस्थापक लक्ष्मीनारायण दुवालले विद्यार्थीहरू समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको निम्ति विद्यालय, शिक्षक र अभिभावकले विद्यालय तहदेखि नै अनुशासित र इमानदार बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समितिका हिमालयश्वरलाल मूल, तारा माविका प्रअ प्रेमलक्ष्मी त्वायना र शिक्षक सूर्य फोँजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले समितिको आयोजनामा भएको अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई मेडल र पुरस्कार वितरण गरेका थिए ।
Leave a Reply