भर्खरै :

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रक्तदान कार्यक्रम

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रक्तदान कार्यक्रम

भक्तपुर, २६ फागुन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा शुक्रबार ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रमको उद्घाटन ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले रक्तदान गरी गर्नुभयो ।
मानवीय सेवा कार्यबाट अभिप्रेरित भई स्वयंसेवी भावनाले जम्मा ११४ जना शिक्षक कर्मचारी र विद्यार्थीहरूले आफ्नो अमूल्य रगत दान गर्नुभयो । रक्तदाता महानुभावहरूलाई नेपाल रेडक्रस सोसाइटी र कलेजको तर्फबाट प्रशंसापत्र वितरण गरियो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवा कार्यबाट अभिप्रेरित भई रक्तदान कार्यक्रम आयोजना गरेको हुँदा कलेजलाई प्रशंसापत्र वितरण ग¥यो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले छोटो समयको अन्तरालमा कलेजको अनुरोधलाई स्वीकार गरी रक्तदान कार्यक्रम सफल बनाउन प्राविधिक सहयोग गर्नुभएकोमा नेपाल रेडक्रस सोसाइटीलाई धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *