भर्खरै :

४४ औँ वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनी

४४ औँ वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनी

भक्तपुर, २६ फागुन । जेसीज् मा.वि. को ४४ औँ वार्षिक कार्यक्रम तथा शैक्षिक प्रदर्शनी गरियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयराम गोर्खाली र व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अवालले २० वर्ष भन्दामाथि अध्यापन गराउँदै आएका चार जना शिक्षिकाहरू रत्नराज्यश्वरी खयरगोली, रत्नशोभा हाडा, अञ्जली राय र सर्जु श्रेष्ठलाई खाडा र मायाको चिनोसहित सम्मान गर्नुभयो ।
वार्षिक कार्यक्रम तथा शैक्षिक प्रदर्शनी विद्यालयको प्राङ्गनमा भएको थियो । उक्त प्रदर्शनीमा कक्षा १ देखि कक्षा १० सम्मका शिक्षक विद्यार्थीहरूले निर्माण गरेका सामग्रीहरू प्रदर्शन गर्न राखेका थिए । जसमा स्थानीय पाठ्यक्रम, विज्ञान, नेपाली, सामाजिक, गणित, लेखा, स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण आदि विषयका शैक्षिक सामग्रीहरू प्रदर्शन गर्न राखेका थिए ।
स्थानीय पाठ्यक्रमलाई केन्द्रित बनाई गरेको त्यस प्रदर्शनमा स्थानीय पाठ्यक्रममा अध्यापन गराउनुपर्ने लिपिहरू, छ्वाली कला, स्थानीय खेल, स्थानीय ख्वपा, माटोबाट निर्माण गरिएका भाडाकुडा, विभिन्न चाडपर्वमा बजाइने बाजाहरू, विभिन्न चाडपर्वमा बनाइने मण्डला, हलिमली, विभिन्न स्थानीय परिकारहरू, परम्परागत पोशाकहरू, स्थानीय औजारहरू, फल्चा, भैलख र चित्रकला आदि प्रदर्शन गरियो । विद्यालयमा प्रदर्शन गर्न राखेका सामग्रीहरूबाट उत्कृष्ट छनोट गरी पुरस्कार वितरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *