भर्खरै :

प्रेम, राजनीति र समर्पण !

प्रेम, राजनीति र समर्पण !

निबन्ध
प्रेम र राजनीति शब्दबारे धेरै वा थोरै सबै युवा साथीहरू परिचित छन् । विद्यार्थी कालदेखि नै कक्षाकोठा र बाहिर, भोजभतेर र धार्मिक मेला एवम् प्रदर्शनीहरूमा विभिन्न रूप रङ्ग, भेषभूषा एवम् स्वभावका युवायुवतीहरू देखेका हुन्छन् । त्यस्तै कक्षा कोठा, टोलछिमेक, गाउँ र सहरमा मई दिवस, अक्टोबर दिवस, भ्रष्टाचारविरोधी दिवस, अमेरिकी साम्राज्यवाद र विस्तारवादी भारतको विरोधका अनेक जनसभा र विरोध प्रदर्शनमा पनि अनेक युवायुवतीहरूका गतिविधि, भाषण र प्रवचनहरू सुनेका हुन्छन् ।
संसारमा कति युवायुवतीहरू आफूले चाहेको विषय पढ्न पाउँछन्, त्यस्तै रोजेको पेसामा पुग्छन् र मनले चिताएकै केटा र केटीसँग जीवन बिताउन सफल हुन्छन् । कति केटा र केटीले ‘आफूले रोजेको विषय पढ्न नपाउँदा, पेसा हात नलाग्दा र केटा वा केटीसँग विवाह गर्न नपाउँदा आफूलाई हारेको व्यक्ति मान्छन् । तर, कालान्तरमा सुरुमा सुखी जोडी पछि दुःखी भएको र आफूलाई हारेको सम्झने जोडी आफूलाई अभागी ठान्छन् । यी सबै विषय समयसँग बदलिन्छन्, जीवन सङ्घर्ष, उमेर र अनुभवले आ–आफ्नो सुरुको चिन्तनमा ठूलो हेरफेर भएको सम्झन्छन् र अनुभव गर्छन् ।
देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेका कति कार्यकर्ताहरू पछि सा¥है स्वार्थी, व्यक्तिवादी, आफूलाई सफल, योग्य र वीर नै सम्झिरहेका हुन्छन् । पद र पैसाको निम्ति सदा छटपटिरहने नेता र कार्यकर्ताको हरेक छलकपट जनताले हेरिरहेका हुन्छन् । तिनीहरूको आँखा दूरबिनसरह हुन्छ । आजका शासक दलका सबैजसो पदहरूमा रहेका नेताहरू र राष्ट्रपतिका उम्मेदवार वास्तवमा जनताका खलनायक (भिलेन) हुन् । तिनीहरूले कहिले पनि देश र जनताप्रति समर्पणको भावनाले काम गर्नुभन्दा काठमाडौँमा महल बनाउने, आफ्ना परिवार र नातागोतालाई मुख्यमुख्य पदमा पु¥याउनेभन्दा अरु कुनै राम्रो सोच आ–आफ्नो मथिङ्गलमा पु¥याउन सकेका हुँदैनन् ।
त्यस्ता नेता र कार्यकर्ताहरू आफ्नो जन्म थलो, गाउँ, जिल्ला र प्रदेशमा गएर सफाइ आन्दोलन, शारीरिक श्रम र विकास निर्माणमा लागेका हुँदैनन् । तिनीहरू पदमा पुगेपछि गाउँ र जिल्लामा जानु त भ्रमण भत्ता कुम्ल्याउने उद्देश्य राखेर वा अर्को निर्वाचन जित्ने उद्देश्यले मात्र गएका हुन्छन् । आज एक डाक्टरले आफ्नो साथीलाई बिहानै फोन गरे जुन रोगीको निम्ति हतारिएर हवाईजहाजबाट घर पुगेर राति कम्पाउन्डरसँग रोगीबारे सोध्दा कम्पाउन्डरले भन्यो, “डाक्टर साहेब, हजुर जानुभएको दोस्रो रात रोगी लोग्ने र स्वास्नी दुवैले रक्सी खाएर सुतेका थिए, लोग्ने चाहिँ सदाको निम्ति सुतेको सुत्यै भयो ।” यस घटनामा डाक्टरको रोगीप्रतिको चासो, समर्पण, कर्तव्यपरायणता र पेसाप्रतिको इमानदारी हो ।
हो, डाक्टर रोगीको निम्ति बाँच्छ । पैसाको निम्ति बाँच्ने डाक्टरलाई दोष दिनुभन्दा उसको अभिभावक र पुँजीवादी समाजको दोष हो । यस्ता ‘राजा मिडास’ हरूले समाजलाई नर्क बनाएका छन् । पैसा कमाउनकै निम्ति मेहनत गर्ने औषधि कम्पनीहरू यमराजका मित्रहरू हुन् । नयाँनयाँ रोगसँग लड्न नयाँनयाँ औषधिको निम्ति दिनरात खट्ने वैज्ञानिकहरू र अनुसन्धानमा ध्यान दिने औषधि कम्पनीहरू जनताका मित्रहरू हुन्, तिनीहरू अमर हुन्छन् डा. जेनेर र अरु धेरै डाक्टर र अनुसन्धानकर्ताहरूजस्तै ।
राजनीतिमा पनि ‘खलनायक’ अभिभावकहरूजस्तै खालि पद र पैसाको निम्ति मरिहत्ते गर्ने, ‘पद र पैसा’ कुम्ल्याउन सकेन भने ‘जीवन बर्बाद’ भएको सम्झने नेता र कार्यकर्ता वास्तवमा ‘खलनायक’ र व्यापारी प्रवृत्तिका हुन् । त्यस्ता व्यक्तिहरूले ‘राष्ट्रपति’, ‘प्रधानमन्त्री’ वा जति धेरै महत्वपूर्ण पद पाउँछन् त्यत्ति धेरै देश र जनताको विरोधमा अपराध गर्छन् र साम्राज्यवाद र विस्तारवादको हित गर्नेछन् । कोही युवाहरू स्वास्नीको दाइजोको भरमा जीवन बिताउने दुःस्वप्न देख्छन् र कोही लोग्नेको मोटो रकममा अल्छी जीवन बिताउन चाहने युवती पनि ती पद र पैसाकै निम्ति राजनीति गर्ने नेता र कार्यकर्ताहरूजस्तै समाजका ‘खलनायक’ हुन् ।
केही लोग्नेलाई चिकित्सकसँग भेट्दा पनि आफ्नै पत्नीको अन्तिम दिनको बारे थाहा नभएका हुन्छन् । लोग्ने अस्पतालमा सँगै चिया खाएर फर्कन्छ र भोलि बिहान आफ्नी पत्नीलाई ‘सघन उपचार कक्ष’ मा गएर स्वास्थ्यबारे सोध्छ । पत्नीले सामान्य भाषामा भन्छिन्, “मलाई अलि गा¥हो भयो, अरू सब ठीक छ, तपाईँ आफ्नो काममा लाग्नुस् ।” आफ्नो डाक्टरबाट बिरामीलाई घर ल्याउन सक्ने सल्लाह पाउँछ । ऊ सामान्य ढङ्गले पुनः आफ्नो काममा लाग्छ । आफ्नो जिल्लाको अस्पतालमा ल्याउन अस्पतालको स्वास्थ्यकर्मीसँग कुरा गर्दा मुख अँध्यारो हुन्छ र भन्छ, “होइन सर, यो त ‘पीडारहित मृत्यु’ मात्र हुनेछ ।” लोग्नेले कुरा बुझ्दैन । पुनः साँझ बिरामीलाई सान्त्वना दिन अस्पताल पुग्दा आफ्नी पत्नीलाई पहिलो तलाको अर्कै कोठामा सेतो कपडाले ढाकेको रूपमा पाउँछ । संसारसँग बिदा लिइसकेको पत्नीको रूप देखेपछि ऊ मौन हुन्छ, उसको आँखाले कसैलाई देख्दैन र सहयोगीले कोठाबाट बाहिर ल्याउँछ । उसलाई एउटा मेचमा आराम गर्न दिन्छ ।
तर, उसले एक महिनाअगाडि आफ्नो पत्नीको सम्झना गर्छ, “मैले तपाईँलाई सुख दिन सकिनँ, म अभागी छु ।” उसले विस्तारै सम्झाउँछ, “किन यस्तो अपशकुन सोच्छौ, तिमी स्वस्थ र सुन्दर स्त्री हौ, तिम्रो जीवन सफल छ, तिमी अझ धेरै वर्ष बाँच्छौ ।” उसको आँखाबाट आँसु झर्दै थियो ।
जीवन यस्तै हो, नचिताएकै परिणामसमेत भोग्न तयार रहनुपर्ने हुन्छ, खालि आ–आफ्नो पेसाप्रति इमानदार र कर्तव्यप्रति सदा तत्पर रहनु आवश्यक छ । जनताका यस्ता मित्र वीर चरित्रका हुन्, त्यस चरित्रका उल्टा व्यक्तिहरू जनता र समाजका ‘खलनायक’ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *