भर्खरै :

या—ची रेलवे ‘बेल्ट एन्ड रोड’ प्रस्तावको दसौँ वार्षिकोत्सव

या—ची रेलवे ‘बेल्ट एन्ड रोड’ प्रस्तावको दसौँ वार्षिकोत्सव

आदिस अबाबा, २६ फागुन (सीआरआई) । यस वर्ष ‘बेल्ट एन्ड रोड’ प्रस्तावको प्रस्तुत गरिएको दसौँ वार्षिकोत्सव हो । यस अवसरमा या—ची रेलवे ‘बेल्ट एन्ड रोड’ द्योतक परियोजनाको रूपमा अगाडि बढाइएको पनि पाँच वर्ष भएको छ । ५ वर्षयता या—ची रेलवेबाट आवतजावत गरेका यात्रुको सङ्ख्या लगातार वृद्धि भएर रेलवेको आय पनि वार्षिक औसत ३५ प्रतिशतले उच्च गतिमा वृद्धि भएको छ । यस रेलवेले जीवन्त रूपमा ‘बेल्ट एन्ड रोड’ सहयोगात्मक विचारलाई समेटेको छ ।
पूर्वी अफ्रिकाको यातायातको महामार्ग या—ची रेलवेले इथियोपिया र जिबुतीलाई जोडेको छ र यसलाई इथियोपियाको यातायात जीवन रेखा मानिन्छ । चिनियाँ सिभिल इन्जिनियरिङ् कम्पनी र चिनियाँ रेलवे दोस्रो विभागले संयुक्त निर्माण र सञ्चालन गरेको या—ची रेलवेको कूल लम्बाई ७५२.७ किलोमिटर रहेको छ । यो रेलवेमा प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेल गुड्छ भने सन् २०१८ जनवरीको १ तारिखका दिन सञ्चालनमा आएको हो ।
इथियोपियाका वित्तमन्त्री अहमद शेडका अनुसार, या—ची रेलवेले इथियोपिया औद्योगिकीकरणतिरको परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *