“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”
- भाद्र १४, २०८३
इतिहास पढ्न, बुझ्न
र जान्न मातृभाषा नै चाहिन्छ ।
महत्व बुझी, उत्थान
गर्न आँट र जाँगर चाहिन्छ ।
पहिला देखि बोलिएको
भाषा आज छ ओझेलमा
आधुनिकताले खोक्रो पार्दै
जीवन जगतमा ।
आजका बालक भोलिका
भविष्य हो हाम्रा
भाषा र संस्कार सिकाइ
बनाउन उनलाई राम्रा ।
भाषा र संस्कृति हाम्रा
हुन् हेर अमूल्य सम्पत्ति
आज नै यसलाई नजोगाए
भोलि पर्नेछ विपत्ति ।
जीवन हाम्रो, जगत हाम्रो
अमूल्य छ हेर
भाषा नि राम्रो संस्कृति राम्रो
सम्पदा बचाइ हेर ।
Leave a Reply