नेपालीको श्रम शोषण गरी सस्तो ज्यामी बनाउने साम्राज्यवादी नीतिको विरोध गर्न जरुरी
- श्रावण १३, २०८१
काठमाडौँ, ९ असोज (रासस) ः नेपालमा वाइफाइको माध्यमबाट प्रसारण प्रविधि सेवालाई विस्तार गर्नेबारे छलफल भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले यहाँ आज आयोजना गरेको छलफलमा नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति र नेपाल टेलिकमलगायत संघसंस्थाका प्रतिनिधिले आआफ्नो धारणा राख्नुभयो ।
इन्टरनेटको माध्यमविना वाइफाइको माध्यमबाट ‘माई प्लेअर’ प्रक्रियाबाट स्याटलाइटको प्रयोगसँगै सो प्रविधिमार्फत टेलिभिजन हेर्न, रेडियो सुन्न र पत्रपत्रिकासमेत पढ्न सकिन्छ । सो सेवालाई नेपालको खासगरी दुर्गम क्षेत्रमा विपद्का समयमा प्रयोग गर्न सकिन्छ । सर्भिस साउण्ड एण्ड भिजनले विभिन्न देशमा सो सेवा प्रदान गर्दैआएको छ ।
कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले थप अध्ययन गरेर सो सेवालाई आगामी दिनमा नेपालले पनि लिन सक्ने बताउनुभयो । नेपालमा विभिन्न समयमा हुने प्राकृतिक विपद्का समयमा वाइफाइ प्रसारण प्रविधि महत्वपूर्ण हुने मन्त्री बस्नेतको भनाइ छ । बिएफबिएस गोरखा रेडियोका प्रबन्ध सम्पादकले वाइफाइको माध्यमबाट प्रसारण प्रविधि र विस्तारबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply