अन्तर नगर जिम्न्यास्टिक प्रतियोगिता प्रचारार्थ उपप्रमुख जोशीद्वारा विभिन्न स्थानीय तहका उपप्रमुखहरूसँग भेट
- चैत्र ३, २०८१
भक्तपुर, २८ फागुन । प्रदेश खेलकुद विकास परिषद् बाग्मती प्रदेश हेटौँडामा मकवानपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा फागुन ३० गतेदेखि चैत ४ गतेसम्म हुने अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट सहभागी खेलाडीहरूलाई मार्गनिर्देशन तथा खेल सामग्री वितरण कार्यक्रम आइतबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई नपाको लोगो अङ्कित ट्रयाक सुट वितरण गर्नुभयो ।
उक्त प्रतियोगिताअन्तर्गत पुरुषतर्फका खेलाडीहरू विकल भोयद्यो, सक्षम भुजेल, सफल मगर र प्रवेश बस्नेत तथा महिला खेलाडीतर्फ भावना भण्डारी सहभागी हुँदै छन् ।
Leave a Reply