नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
ठूला दलहरूको जिम्मेवारी सरकारको नेतृत्व गर्नु या सरकारमा सामेल हुनुमात्र होइन आम जनताका दैनिक जीवनमा आइपर्ने समस्याको समाधान गर्नु पनि हो । आम जनताको समस्या समाधान गर्न आवश्यक पूर्वाधारहरू तयार गर्नु हो, त्यसको लागि नीति निर्माण गर्नु हो । खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषि उत्पादन बढाउनुपर्छ । कृषि उत्पादन बढाउन स्वदेशमै गुणस्तरीय रासायनिक मल कारखाना खोल्नुपर्छ या रासायनिक मल गाउँ–गाउँ या बस्ती–बस्तीमा पु¥याउनुपर्छ । तर, कृषिप्रधान देशमा मल पनि पर्याप्त प्राप्त हुँदैन । प्राप्त मल कमसल हुन्छ, म्याद नाघेको हुन्छ, तौल पुग्दैन । नयाँ नयाँ बीउबिजनको बन्दोबस्त हुँदैन । प्रत्येक वर्ष सिँचाइको व्यवस्था बढाउदै जानुपर्छ । कृषिऔजार, पानी तान्ने मेसिन, ट्याक्टर सस्तो र सर्वसुलभ बनाउनुपर्छ । अनि मात्र कृषि उत्पादन बढ्छ र खाद्यान्न, फलफुल, तरकारी र गेडागुडीमा आत्मनिर्भर हुन्छ । सरकारले यसतर्फ ध्यान दिएको देखिँदैन ।
आधारभूत आवश्यक वस्तु बढाउन स्वदेशमै विभिन्न उद्योग तथा कलकारखानाहरू खोल्नुपर्छ । देशका युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्छ । उनीहरूको गाँस, बास र कपासको व्यवस्था या जीवनको जोहो गर्ने व्यवस्था गर्नुपर्छ । कुनै पनि बेला चामल, गहुँ, पिठो, गेडागुडी, तरकारी, फलफुल, नुन र चिनीको अभाव गर्नु हुँदैन । यी सबै आफ्नै देशमा पर्याप्त उत्पादन गरेर आत्मनिर्भर बनाउनेतर्फ सरकार लाग्नुपर्छ या शासकहरू जुट्नुपर्छ । तर, विडम्बना ¤ जनताका लागि दिनहुँ चाहिने ती वस्तुहरू पनि अरू देशको भरमा बस्नुपर्छ । जसरी भए पनि दल ठूलो बनाउने, सरकारको नेतृत्व गर्न होडबाजी गर्ने मन्त्री बन्न तँछाडमछाड गर्ने, दलका नेता तथा कार्यकर्तालाई जागिर खुवाउने, ठेक्कापट्टा मिलाउने काम गरेर देश कसरी आत्मनिर्भर हुन्छ ? देश कसरी विकास हुन्छ ?
जुत्ता कारखाना, कपास कारखाना, चिनी कारखाना, सिमेन्ट कारखाना, जुट कारखाना आदि बन्द गरेर देशको आम्दानी कसरी बढ्छ ? भएका उद्योग तथा कारखानाहरू बन्द गर्न नै कति सञ्चालक र प्रबन्धकहरू उद्योगलाई घाटामा पु¥याउँछन् । कारखाना घाटामा पु¥याउन अनावश्यक मान्छे भर्ना गर्छन्, उत्पादनमा चुहावट गर्छन्, कमिसन खान्छन् । अनि पुँजीपति शासकहरू घाटाको निहँुमा सरकारी कलकारखाना बन्द गर्छन्, विदेशी दलालको हातमा या निजीलाई सस्तोमा बेच्छन् । अनि कसरी आधारभूत वस्तुको उत्पादन पर्याप्त हुन्छ ? सर्वसाधारण जनता स्वास्थ्योपचार गर्न नपाएर, समयमै अस्पताल पुग्न नपाएर, औषधि अभाव भएर मरिरहेका हुन्छन् । मुुटु, मिर्गाैला, ब्रेन, रगत क्यान्सर या दुर्घटना हुँदा उपचार खर्च नपाएरै सर्वसाधारण जनता मरिरहेका हुन्छन् । देशमा निःशुल्क स्वास्थ्य सेवा नभएकोले यो समस्या देखिएको हो । देशका सबै अस्पताल राज्यले सञ्चालन गरेर सबैलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरे उपचार गर्न नपाएर मान्छे मर्दैनन् ।
राज्यले उच्च शिक्षासम्म निःशुल्क गर्नुपर्छ । आज कति विद्यार्थीहरूमा योग्यता छ तर पढ्न पैसा हुँदैन । योग्य भएर पनि आफूले रोजेको विषय पढ्न पाउँदैन भने देशको लागि आवश्यक जनशक्ति कसरी तयार हुन्छ ? वैज्ञानिक, विषयविज्ञ, विशेषज्ञ कसरी तयारी हुन्छ ? देशमै काम मामको व्यवस्था भए यहाँका योग्य या जनशक्ति विदेश धाउनुपर्ने आवश्यकता नै हुँदैन । देशमा रहेका खानी उत्खनन गर्ने, जडीबुटी प्रशोधन गर्ने या देशमा रहेका स्रोत र साधन उपयोग गरी उत्पादनमा जोड दिइएको भए देशको मुहार फेरिन्छ, देशले विकासमा फड्को मार्छ र जनताको जीवन सुनिश्चित हुन्छ ।
Leave a Reply