आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
मार्च १० का दिन राति चीन, साउदी अरब र इरानले पेइचिङमा त्रिपक्षीय संयुक्त वक्तव्य प्रकाशित गरेको खबर विश्वव्यापी बनेको छ । उक्त वक्तव्यअनुसार तीन मुलुकले साउदी अरब र इरानले सम्झौता सम्पन्न भएको घोषणा गरेका छन् । दुई पक्षबिचको कूटनीतिक सम्बन्धको पुनरूत्थान गर्ने, बढीमा दुई महिनाभित्र दुई पक्षका दूतावास र प्रतिनिधि एकाइको पुनःखोल्ने र द्विपक्षीय सम्बन्ध बढाउन छलफल गर्ने विषयहरू वक्तव्यमा समावेश छन् । तीन मुलुकले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षा बढाउने इच्छा लिएको पनि वक्तव्यमा उल्लेख छ ।
त्यसबारे विभिन्न अन्तर्राष्ट्रिय मिडियाले प्रशंसा गरेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव आन्टेनियो गुटेरेसले चीनको प्रयासप्रति आभार ज्ञापन गर्नुका साथै यसले खाडी क्षेत्रको स्थिरताका लागि मद्दत पुग्ने विचार व्यक्त गर्नुभएको छ ।
मध्य–पूर्व स्थितिको परिवर्तन र त्यसमा चीनले गरिरहेको प्रयासबारे ध्यान दिएमा पेइचिङमा यी दुई मुलुकबिच हात मिलाउनु नै अप्रत्याशित कुरा नभएको लाग्न सक्छ । विगत धेरै वर्षयता अमेरिकाको नेतृत्वमा रहेका पश्चिमा मुलुकले मध्य–पूर्व क्षेत्रमा द्वन्द्व र भिडन्तको सिर्जना गरेर क्षेत्रीय अशान्ति मच्चाएका छन् । सो क्षेत्रका ठूला मुलुकको रूपमा रहेका साउदी अरब र इरानले निकै उच्च मूल्य तिरेका छन् । मध्य–पूर्व मुलुकले अमेरिका भरपर्दो नभएको कुरा स्पष्टरूपमा हेरेका छन् र वार्ता गरेरमात्र समस्याको समाधान गर्न सकिने बताएका छन् ।
तर, पेइचिङमा किन वार्ता भयो ? किनभने, मध्य–पूर्व मुलुकको रणनीतिक स्वायत्तता र वार्ता गरी समस्याको समाधान गर्नेमा चीन अडिग रहेको छ । चीनले कुनै गुट बनाउँदैन र कुनै स्वार्थ खोज्दैन । चीन मध्य–पूर्व मुलुकको विश्वसनीय साथी हो । यसपटक पेइचिङ वार्ता नै तीन मुलुकका नेताबिचको सहमतको आधारमा आयोजना भएको हो ।
द्वन्द्व कि वार्ता ? भिडन्त कि सहयोग ? साउदी अरब र इरानले व्यावहारिक गतिविधि गरी सही छनोट गरेका छन् । त्यसबाट परिवर्तित विश्वमा शान्ति नै प्रमुख प्रवाह हो र वार्ता नै सही छनोट हो भन्ने कुरा प्रमाणित गरिएको छ ।
Leave a Reply