इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
सोल, ५ चैत (एएफपी) । प्रजग कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो ।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाई प्रजग कोरियाले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ ।
दक्षिण कोरियाको सेनाले उत्तरी प्योन्गान प्रान्तको टोङचाङरी क्षेत्रबाट पूर्वी सागरतर्फ प्योङयाङले आइतबार बिहान छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको बताएको छ । उक्त क्षेप्यास्त्र आठ सय किलोमिटर परसम्म उडेको थियो ।
प्रजग कोरियाको सरकारी सञ्चार माध्यमले अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय सेनामा स्वेच्छाले भर्ती हुन आठ लाखभन्दा बढी युवाले इच्छा व्यक्त गरेको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण भएको जनाएको छ । देशको रक्षाका खातिर आफूहरू सेनामा सेवा गर्न तयार रहेको उनीहरूले बताएका छन् ।
बारम्बार छोटो तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको सुरक्षा विश्लेषकहरूले बताएका छन् ।
प्रजग कोरियाली नेता किम जोङ उनले यो महिनाको प्रारम्भमा वास्तविक युद्धका लागि तयारी गर्न तथा सैन्य अभ्यास तीव्र तुल्याउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो ।
प्योङयाङले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई आफूमाथिको आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ भने त्यसको प्रतिकार गर्ने चेतावनी बारम्बार दिँदै आएको छ । साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।
अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनि प्रजग कोरियाले पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले भने प्रजग कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले प्रजग कोरियाको निन्दा गरेको छ ।
कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले हालै प्योङयाङमा भएको पार्टीको विस्तारित केन्द्रीय समितिको पूर्ण बैठकमा राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिनुभएको थियो । उहाँले खाद्य सङ्कट सम्बोधनका निम्ति सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गर्नुभएको थियो ।
Leave a Reply