भर्खरै :

पाकिस्तानमा ‘आधुनिकीकरण बाटोको अन्वेषण र संयुक्त भाग्य समुदायको निर्माण’ विषयक कार्यक्रम

पाकिस्तानमा ‘आधुनिकीकरण बाटोको अन्वेषण र संयुक्त भाग्य समुदायको निर्माण’ विषयक कार्यक्रम

इस्लामवाद, ५ चैत । हालै चाइना मिडिया ग्रुपको एसिया र अफ्रिका क्षेत्रीय भाषा कार्यक्रम केन्द्रको संयोजनमा ‘आधुनिकीकरण बाटोको अन्वेषण र चीन–पाकिस्तान संयुक्त भाग्य समुदायको निर्माण’ विषयक मञ्च पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित भएको छ । सो कार्यक्रममा पाकिस्तानी राजनीतिज्ञ, विशेषज्ञ र विद्वानहरू, मूल मिडियाका जिम्मेवार व्यक्तिहरू र उत्कृष्ट युवा प्रतिनिधिहरूले भाग लिएका छन् । मञ्चमा सहभागीहरूले चिनियाँ शैलीको आधुनिकीकरणले पाकिस्तानमा ल्याएको अवसर र चीन–पाकिस्तान आर्थिक करिडोरको उच्च गुणस्तरीय निर्माणलाई कसरी अघि बढाउने विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गरेका छन् ।
मञ्चमा पाकिस्तानका प्रधानमन्त्रीको विशेष सहायक तथा गृहमन्त्री रूमिना आलेमले सम्बोधन गर्दै भन्नुभयो, “विगत १० वर्षमा चीनको अर्थतन्त्र र समाज उच्च गुणस्तरीय र स्वस्थरूपमा विकसित भएको छ । साथै जनताको जीवन सुखी र स्वस्थ रहेको छ । चिनियाँ शैलीको आधुनिकीकरणले विश्वमा जीवन्त शक्ति थपेको छ । चीन–पाकिस्तान आर्थिक करिडोरले दुई देशका जनतालाई घनिष्ट पारेको छ र भविष्यमा दुई देशबिचको मैत्रीपूर्ण सहयोगलाई अझ व्यापक क्षेत्रमा विस्तार गर्ने विश्वास गरिएको छ ।”
पाकिस्तान नेसनल टेलिभिजनलगायत २० भन्दा बढी पाकिस्तानी मिडियाहरूले सो मञ्चको रिपोर्टिङ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *