भर्खरै :

पत्रकार श्रेष्ठको श्रद्धाञ्जली सभा

पत्रकार श्रेष्ठको श्रद्धाञ्जली सभा

काठमाडाँै, ६ चैत । ‘लावण्य सन्देश’ साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार पवनलाल श्रेष्ठको निधन भएको १३ औँ दिनको पुण्यतिथिमा सोमबार श्रद्धाञ्जली सभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले वरिष्ठ पत्रकार एवं समाजसेवी पवनलाल श्रेष्ठको दुःखद निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
पत्रकार श्रेष्ठको निधनले कामदार जनताको आवाज बुलन्द गर्ने एक इमानदार व्यक्ति गुमेको छ, उहाँले भन्नुभयो ।
सरकारले राजधानीमा अनियन्त्रित र अस्वाभाविक प्लटिङ्ग गराउँदा अव्यवस्थित सहर निर्माणकै क्रममा टिपरले ठक्कर दिँदा पत्रकार श्रेष्ठले असमयमै ज्यान गएको हुँदा पत्रकार श्रेष्ठको निधनमा सरकार दोषी छ भन्नुभयो ।
‘लावण्य सन्देश’ साप्ताहिकका प्रबन्धक मिजेन्द्र कार्जीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ, काठमाडौँ क्षेत्र नं. २ का सांसद दीपक कुइँकेल, शंखरापुर नपाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र प्रेस काउन्सिलका प्रतिनिधिहरूले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
सभामा दिवङ्गत श्रेष्ठको परिवारको तर्फबाट उहाँका भाइ गगन श्रेष्ठले दुःखद घडीमा सान्त्वना दिएकोमा आभार प्रकट गर्नुभयो ।
जोरपाटीबाट साँखु फर्किने क्रममा पत्रकार श्रेष्ठको फागुन २४ गते टिपरको ठक्करबाट निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *