इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
बाम्बारी, सेन्ट्रल अफ्रिकन रिपब्लिक, ६ चैत (एएफपी) । मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरिएको छ ।
आक्रमणको निन्दा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभएको छ ।
मध्य सहरका मेयर एबेल म्याचिपाटाले बाम्बारी नजिकै बिहान ५ः०० बजे ‘सशस्त्र व्यक्तिहरू’ ले विदेशी कामदारमाथि आक्रमण गरेको पुष्टि गर्नुभएको छ ।
उहाँले एएफपीसँग कुरा गर्दै भन्नुभयो, “आक्रमणका कारण ‘नौ जनाको मृत्यु भएको र र दुई जना घाइते भएकोे’ र मृतकहरू आफ्नो सहरबाट २५ किलोमिटर टाढा गोल्ड कोस्ट ग्रुपले सञ्चालन गरेको खानीका चिनियाँ कामदार रहेको बताउनुभयो ।”
चीनको विदेश मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मध्य अफ्रिकी गणतन्त्रका अधिकारीहरूलाई हत्यामा संलग्नहरूलाई ‘कडा सजाय’ दिन आग्रह गर्नुभएको पनि मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति सीले घाइतेको उपचार गर्न, घटनाको समयमा नै व्यवस्थापन गर्न, दोषीलाई कानुनबमोजिम कडा सजाय दिन र चिनियाँ नागरिकको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गर्न आदेश दिनुभएको छ ।” स्थानीय अधिकारीहरूले आक्रमणको थप विवरण सार्वजनिक गरेका छैनन् र यसको जिम्मेवारी पनि लिएका छैनन् ।
एएफपीका एक पत्रकारका अनुसार चिनियाँ राजदूत ली किन्फेङ र मध्य अफ्रिकी गणतन्त्रका विदेशमन्त्री सिल्भी बाइपो टेमोनको पहलमा मृतकको शव राजधानी बान्गुईस्थित एक अस्पतालमा लगिएको छ ।
मार्च १९ तारिख मध्य अफ्रिकी गणतन्त्रमा चिनियाँ अनुदान प्राप्त निजी उद्यममा सशस्त्र आक्रमण हुँदा नौ चिनियाँ नागरिकको मृत्यु भएको छ र दुईजना गम्भीर घाइते भएका छन् । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले समयमै घाइतेको उपचार तथा अपराधीलाई कानुनबमोजिम कडा कारबाही गर्न र चिनियाँ नागरिकको सुरक्षा सुनिश्चित गर्न सबै प्रयास गर्नुपर्ने महत्वपूर्ण निर्देशन दिनुभएको छ ।
परराष्ट्र मन्त्रालयले राष्ट्राध्यक्ष सी चिन फिङको महत्वपूर्ण निर्देशनहरू कार्यान्वयन गर्न कन्सुलर सुरक्षा आपत्कालीन संयन्त्रलाई तुरुन्तै सक्रिय बनाइएको छ र चीनका लागि मध्य अफ्रिकी गणतन्त्रको दूतावासमा निवेदन गरिसकेको छ ।
Leave a Reply