भर्खरै :

सिरियाली राष्ट्रपतिद्वारा संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण

सिरियाली राष्ट्रपतिद्वारा संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण

अबूधाबी, ६ चैत (सिन्ह्वा) । सिरियाका राष्ट्रपति बशर अल असद र संयुक्त अरब इमिरेट्स (युएई)का उहाँका समकक्षी शेख मोहम्मद बिन जायद अल नाह्यानबीच भेटवार्ता भएको छ । असद् आफ्नी पत्नी अस्मा अल असदसँग युएईको राजकीय भ्रमणमा रहनुभएको सिरियाली राष्ट्रपतिको कार्यालय र संयुक्त अरब इमिरेट्स (युएई) को सरकारी समाचार संस्था डब्लुएएमले जनाएको छ ।
आइतबार युएईको राजधानी अबुधाबी आइपुगेका सिरियाली राष्ट्रपति र प्रथम महिलालाई युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भवनमा आइतबार भएको भेटमा दुई देशका राष्ट्रपतिबीच द्विपक्षीय सम्बन्ध र आपसी हित प्राप्तिमा योगदान पु¥याउने सहयोगलाई मजबुत बनाउने उपायबारे छलफल भएको डब्लुएएमले जनाएको छ ।
भेटमा युएईका राष्ट्रपतिले भूकम्प पीडितप्रति समवेदना व्यक्त गर्दै सिरियाको यस विपत्तिबाट पार पाउन सक्ने क्षमता र दृढसङ्कल्पमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
सन् २०११ मा सिरियाली युद्ध सुरु भएपछि वर्षौँसम्म कूटनीतिक तवरमा अलग्गिएर बसेको सिरियालाई अरबमा फर्कन युएईले सहयोग गरिरहेका बेला यो भ्रमण हुन लागेको हो । युएईले सन् २०१८ मा सिरियासँग कूटनीतिक सम्बन्ध पुनः सुरु गरेको थियो र गत महिना गएको भूकम्पका साथै सिरिया र साउदी अरबजस्ता प्रमुख क्षेत्रीय शक्तिहरूबिचको सम्बन्धलाई सामान्यीकरण गर्न मध्यस्थताको क्रममा सिरियामा राहत सहायता वितरणको नेतृत्व गरिरहेको छ ।
युएईले अरब तथा अन्य विदेशी मुलुकले उपलब्ध गराएको राहतसहित सयौं विमानलाई राहत लिएर भूकम्प प्रभावित सिरियामा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *