भर्खरै :

चिनियाँ र रुसी राष्ट्रपतिबिच सौहार्दपूर्ण भेटवार्ता वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा सीको जोड

चिनियाँ र रुसी राष्ट्रपतिबिच सौहार्दपूर्ण भेटवार्ता वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा सीको जोड

मस्को, ७ चैत (सिन्ह्वा) । रुसको दुईदिने राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङ र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच क्रेमलिनमा भेटवार्ता भएको छ । साथै वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिनुभएको छ ।
दुई राष्ट्रपतिबिच चीन र रुस सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनाका साथै पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।
राष्ट्रपति सीले समकक्षी पुटिनको निमन्त्रणामा रुसको राजकीय भ्रमण गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै १० वर्षअघि आफू राष्ट्रपति निर्वाचित भएपछि आफू पहिले रुसको भ्रमणमा आएको तथा उक्त भ्रमणको सम्झना आफ्नो स्मृतिमा आज पनि ताजा रहेको बताउनुभयो ।
राष्ट्रपति सीले विगत १० वर्षदेखि आफू र राष्ट्रपति पुटिन निकट सम्पर्कमा रहेको तथा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को २० औँ राष्ट्रिय अधिवेशनबाट आफू केन्द्रीय समितिको महासचिवमा पुनः निर्वाचित भएपछि रुसी नेता पुटिनले तत्काल बधाई सन्देश पठाउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले आफू केही दिनअघि मात्र चीनकाो राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पनि तत्काल बधाई ज्ञापन गर्नुभएकामा राष्ट्रपति पुटिनप्रति आभार व्यक्त गर्नुभयो ।
चिनियाँ राष्ट्रपतिले आगामी वर्ष रुसमा राष्ट्रपतीय निर्वाचन हुने र नेता पुटिनको सबल नेतृत्वमा रुसले देशको विकासका साथै कायाकल्प गर्ने उल्लेख गर्दै राष्ट्रपति पुटिनप्रति रुसी जनताको दृढ समर्थन रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो । चीनले जहिले पनि स्वतन्त्र परराष्ट्र नीतिलाई समर्थन गर्दै आएको, चीन– रुस सम्बन्धलाई अझ सुदृढ बनाउन पेइचिङले आफ्नो मौलिक हित र विश्वको प्रचलित प्रवृत्तिका आधारमा रणनीतिक छनोट गरेको उहाँले स्पष्ट गर्नुभयो ।
चीन–रुस सम्बन्ध आजको अवस्थामा पुग्नुमा दुई राष्ट्रबिचको ऐतिहासिक सम्बन्धको सुदृढ आधार रहेको तर्क गर्दै चीन र रुस एकअर्काका सबैभन्दा ठूलो छिमेकी एवम् रणनीतिक साझेदार भएका दोहो¥याउनुभयो । दुवै देशले आफ्नो समग्र कूटनीति र विदेश मामिलासम्बन्धी नीतिमा आफ्नो सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका चिनियाँ राष्ट्रपतिले उल्लेख गर्नुभयो ।
चीन रुससँगको रणनीतिक सम्बन्ध सुदृढ गर्न दृढ रहेको बताउँदै राष्ट्रपति सीले चीन र रुस दुवै राष्ट्र राष्ट्रिय विकास, विश्व बहुध्रुवतालाई समर्थन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रका लागि काम गर्न प्रतिबद्ध रहेका उल्लेख गर्नुभयो ।
चिनियाँ राष्ट्रपतिले दवै देशले विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ सुदृढ बनाउनका साथै संयुक्त राष्ट्रसङ्घजस्ता बहुपक्षीय मञ्चमा समन्वय र सहयोगलाई बलियो बनाउँदै विश्व शान्ति र स्थायित्वको आधार खडा गर्नुपर्नेमा जोड दिनुभयो ।
रुसको राजकीय भ्रमण गर्नुभएकामा राष्ट्रपति पुटिनले सीप्रति
आभार व्यक्त गर्दै बितेका १० वर्षमा विकासका सबै क्षेत्रमा चीनले गरेको प्रभावशाली एवम् उत्कृष्ट उपलब्धिको सराहना गर्नुभयो । राष्ट्रपति सीको सबल नेतृत्वमा त्यो सम्भव भएको भन्दै त्यसले चीनको राष्ट्रिय राजनीतिक प्रणाली र शासन प्रणालीको सामथ्र्यलाई प्रमाणित गरेको रुसी राष्ट्रपतिले बताउनुभयो ।
राष्ट्रपति सीको नेतृत्वमा चीनले निर्धारण गरेका विकास र समृद्धिका लक्ष्यहरू सफलतापूर्वक हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउँदै राष्ट्रपति पुटिनले दुवै पक्षको ठोस प्रयासले हालैका वर्षमा रुस–चीन सम्बन्धले विभिन्न क्षेत्रमा फलदायी नतिजा दिएको उल्लेख गर्नुभयो ।
उहाँले द्विपक्षीय व्यावहारिक सहयोगलाई अझ सबल बनाउन, अन्तर्राष्ट्रिय मामिलामा सञ्चार र सहकार्य गर्न मस्को सधै प्रतिबद्ध रहेको बताउनुभयो ।
वार्ताका क्रममा युक्रेन मुद्दामा पनि दुवै पक्षबिच गहन विचार आदानप्रदान भएको थियो ।
राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताउनुभयो । उहाँले विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *