भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रूसको राजकीय भ्रमण सम्पन्न

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रूसको राजकीय भ्रमण सम्पन्न

मस्को, २६ मार्च (सीआरआई) । स्थानीय समयअनुसार मार्च २२ को बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रूसको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समिति कार्यालयका प्रमुख छाइ छी, सीपीसी केन्द्रीय समितिको राजनीतिक आयोगका सदस्य तथा केन्द्रीय वैदेशिक मामिला आयोग कार्यालयका प्रमुख वाङ यी, राज्य परिषद सदस्य तथा परराष्ट्रमन्त्री छिन काङलगायत उच्च अधिकारीहरू पनि सोही विमानमा स्वदेश फर्कनुभएको छ ।
मस्कोबाट प्रस्थान गर्दा रूसी उपप्रधानमन्त्री दमित्री चेर्नेशेन्कोलगायत रूसी वरिष्ठ सरकारी अधिकारीहरूले उहाँहरूलाई विमानस्थलमा भव्य बिदाइ समारोहको आयोजना गर्नुभएको थियो ।
‘चिनियाँ शैलीको आधुनिकीकरण र विश्वमा नयाँ अवसर’ विषयक राउन्ड टेबल गोष्ठी आयोजित
स्थानीय समय, मार्च २२ तारिख, चाइना मिडिया ग्रुप र रसिया टुडे इन्टरनेसनल मिडिया ग्रुपको संयुक्त संयोजनमा आयोजित ‘चिनियाँ शैलीको आधुनिकिकरण र विश्वमा नयाँ अवसर’ शीर्षकमा चीन–रूस मिडिया राउन्ड टेबल गोष्ठी मस्कोमा सम्पन्न भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपनिर्देशक तथा चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्योङ, रुसी प्रमुख सञ्चारमाध्यम तथा विश्वविद्यालयका गभर्नरहरू, चीन र रुसका सरकारी अधिकारी, विज्ञ तथा विद्वान लगायतका प्रतिनिधिहरूले ‘आफ्नो राष्ट्रिय अवस्थासँग अनुकल आधुनिकीकरणको मार्ग’ विषयमा छलफल गर्दै वैचारिक आदानप्रदान गरेका छन् । चीनले आफ्नो राष्ट्रिय अवस्था सुहाउने आधुनिकीकरणको मार्गमा अघि बढिरहेको साथै अन्य देशको अन्वेषणका लागि पनि सफल नमुना प्रदान गरेको छ र मानव सभ्यताका लागि नयाँ बाटो पनि खोलेको सहमति गोष्ठीमा सहभागीहरूले जनाएका छन् ।
सीएमजीद्वारा रूसी अखबारसँग सहकार्यपत्रमा हस्ताक्षर
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको रूसको राजकीय भ्रमणको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवम् सिएमजीका निर्देशक शन हाइ स्योङ र रूसी अखबारका निर्देशक पावेल नेगोइट्साले ‘सिएमजी र रूसी अखवारबिच सहयोग समझदारी’ मा हस्ताक्षर गर्नुभयो ।
चिनियाँ र रूसी सञ्चारमाध्यमहरूबिचको आदानप्रदान र सहयोगलाई थप सुदृढ पार्न सीएमजी र रुसी अखबारले समाचार आदानप्रदान, कर्मचारी तालिम, प्राविधिक आदानप्रदान आदिमा व्यापक सहयोग गर्न सरल सहयोग संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् ।
हस्ताक्षर समारोहमा, पावेल नेगोइट्साले रूसी अखबारको तर्फबाट सीएमजी स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई दिनुभयो र सीएमजीलाई दुवै पक्षद्वारा संयुक्त रूपमा आयोजित रूसी भाषाको पत्रिका ‘चिनियाँ शैली’ को दशौँ वार्षिकोत्सवको स्मरणात्मक अङ्क प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *