शाङ्घाई सहयोग सङ्गठनको २५ औँ सम्मेलन साझा, समानता र पारिपाटीयुक्त विश्व धु्रवीकरणको अपिल
- भाद्र १६, २०८३
युक्रेन युद्ध सुरु भएको ८ महिनापछि २०२२ अक्टोबरमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले एउटा अध्ययन गरेको थियो । त्यस अध्ययनमा पश्चिमा देशहरू, रुस र चीनबारे १३७ देशका बासिन्दालाई विभिन्न प्रश्न गरिएको थियो । अध्ययनबाट प्राप्त नतिजा हाम्रो ध्यान तान्न पर्याप्त छ :
१. पश्चिमी देशबाहिर बस्ने ६ अर्ब ३० करोड मानिसमध्ये ६६ प्रतिशत मानिसहरू रुसप्रति सकारात्मक छन् । तीमध्ये ७० प्रतिशत मानिसहरू चीनप्रति सकारात्मक छन् ।
२. दक्षिण एसियाका ७५ प्रतिशत उत्तरदाता, फ्रान्सको प्रभावमा रहेको पश्चिम अफ्रिकाका ६८ प्रतिशत उत्तरदाता र दक्षिणपूर्वी एसियाका ६२ प्रतिशत उत्तरदाताहरू रुसप्रति सकारात्मक छन् ।
३. साउदी अरब, मलेसिया, भारत, पाकिस्तान र भियतनामका सर्वसाधारण रुसप्रति सकारात्मक छन् ।
यी निष्कर्षहरूले पश्चिमी देशहरू चकित मात्र होइन, आक्रोशित छन् । युक्रेन द्वन्द्वमा विश्वका दुईतिहाइ जनता आफ्नो पक्षमा नउभिएको दृश्य पचाउन पश्चिमा वैचारिक नेतृत्व गाह्रो मान्दै छन् । दक्षिणी गोलाद्र्धले पश्चिमी देशहरूको पक्ष नलिनुमा मलाई लाग्छ पाँच कारण छन् । यहाँ हामी तिनै कारणहरूको चर्चा गर्नेछौँ ।
१. पश्चिमी देशहरूले आफ्ना समस्याहरू बुझ्छन् वा आफूप्रति सहानुभूति राख्छन् भन्नेमा दक्षिणी गोलाद्र्धलाई विश्वास छैन ।
भारतका विदेशमन्त्री एस. जयशङ्करले हालैको एक अन्तर्वार्तामा सारपूर्ण विचार राखे । उनले भने, “युरोपका समस्याहरू मात्र विश्वका समस्या हुन् भन्ने मानसिकताबाट युरोप मुक्त हुनुपर्छ । युरोपका समस्या मात्र विश्वको समस्या होइन ।” कोरोना महामारीपछि विकासशील देशहरूले धेरै चुनौतीहरूको सामना गर्दै छन् । ऋणको बोझ झन् ठूलो भएको छ, जलवायु सङ्कटले तिनको वातावरण बिगार्दै छ । गरिबी, खाद्यान्न अभाव, खडेरी र महँगो इन्धनले विकासशील देशहरूको ढाड सेक्दै छ । यद्यपि, पश्चिमी देशहरूले यी विषयमा ओठे सहानुभूति देखाउनेबाहेक अर्थोक केही गरेका छैनन् । उनीहरू दक्षिणी गोलाद्र्धले रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाउनुपर्ने एकोहोरो रटान गर्दै छन् ।
कोभिड महामारी उपयुक्त उदाहरण हो । दक्षिणी गोलाद्र्धले आफ्ना जनताको जीवन रक्षार्थ खोपको बौद्धिक स्वामित्वको अधिकार साझा गर्न अनुनयविनय ग¥यो । तर, पश्चिमी देशहरूले मानेनन् । आज पनि अफ्रिका संसारकै सबैभन्दा कम खोप लगाएको महादेश बनेको छ । अफ्रिकी देशहरू आफैँ खोप तयार पार्न सक्षम छन् । तर, बौद्धिक स्वामित्वको अधिकार नहुँदा उनीहरू खोपमा परनिर्भर बन्नुपरेको छ ।
यसको विपरीत रुस, चीन र भारतले सहयोगको हात बढाए । २०२१ जनवरीमा अल्जेरियाले खोप कार्यक्रम सञ्चालन ग¥यो । रुसको स्पुतनिक ५ खोपको पहिलो खेप पाएपछि उसले त्यो कार्यक्रम सञ्चालन गरेको थियो । चीनको सिनोफार्म खोप पाएपछि मात्र इजिप्टले खोप कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै भारतको सेरम संस्थानबाट अस्ट्राजेनेका खोप पाएपछि मात्र दक्षिण अफ्रिकाले एक लाख जनतालाई खोप दिएको थियो । अर्जेन्टिनामा स्पुतनिक नै राष्ट्रिय खोप कार्यक्रमको मेरुदण्ड बन्यो । यसको उल्टो पश्चिमी देशहरूले आफ्नो ढुकुटी प्रयोग गरेर लाखौँ खोपहरू समयअगावै खरिद गरे र म्याद नाघेका धेरै खोपहरू उनीहरूले नष्ट गरे । उनीहरूको सन्देश स्पष्ट थियो – दक्षिणी गोलाद्र्धका देशहरू हो, तिम्रो देशको महामारी हाम्रो होइन, तिमीहरूकै समस्या हो ।
२. इतिहास भुलेर भुलिन्न ः उपनिवेशवादी युग र त्यसपछिको अवधिमा को कहाँ थियो ?
ल्याटिन अमेरिका, अफ्रिका र एसियाका धेरै देशहरूले युक्रेन युद्धलाई पश्चिमी चस्माभन्दा पर बसेर हेर्छन् । पश्चिमा गठबन्धनका देशहरूतिर हेर्दा उनीहरूले आफूलाई उपनिवेश बनाउने देशहरू एकजुट भएको देख्छन् । यो गठबन्धनमा रहेका युरोपेली युनियन र नेटो देशहरू एसिया प्रशान्त क्षेत्रमा अमेरिकासँग घाँटी जोडिरहेको देखिन्छन् । यी नै देशहरूले रुसमाथि नाकाबन्दी लगाएको लुकाएर लुक्दैन । यसको विपरीत एसियाका धेरै देशहरू, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकाका सबैजसो देशहरूले रुस र पश्चिमी देशहरू दुवैतिर असल सम्बन्ध बनाउन खोजेको देखिन्छ । त्यसैले उनीहरूले रुसमाथिको आर्थिक प्रतिबन्धलाई उति राम्रो मानेका छैनन् । पश्चिमी देशहरूका उपनिवेशवादी नीतिहरू भोगेको तीतो विगत उनीहरूले नबिर्सेका त होइनन् ? त्यो छटपटाहट दक्षिणी गोलाद्र्धले अझै पनि महसुस गर्दै छ, तर पश्चिमले बिर्सिसकेको छ ।
सोभियत सङ्घको नैतिक र भौतिक सहयोगले दक्षिण अफ्रिकालाई रङ्गभेदी शासन उल्ट्याउन उत्प्रेरित गरेको थियो भनी नेल्सन मन्डेला प्रायः भन्ने गर्थे । यसैकारण, अझै धेरै अफ्रिकी देशहरूले रुसलाई श्रद्धा गर्ने गर्छन् । स्वतन्त्र हुँदै गएपछि अफ्रिकी देशहरूलाई सहयोग गर्ने देश पनि सोभियत सङ्घ नै थियो । भलै त्यसबेला सोभियत सङ्घ आफै क्षीण बन्दै थियो । इजिप्टको अस्वान बाँध सन् १९७१ मा बन्यो । त्यसको डिजाइन मस्कोको विद्युत् आयोजना संस्थानले तयार पारेको थियो । धेरैजसो लगानी पनि सोभियत सङ्घकै थियो । भर्खर स्वतन्त्र भएको भारतको विशाल भौतिक पूर्वाधार आयोजना भिलाइ स्टील प्लान्ट थियो । यसको स्थापना पनि सन् १९५९ मा सोभियत सङ्घले नै गरेको थियो ।
सोभियत सङ्घको राजनीतिक र आर्थिक सहयोगबाट लाभ उठाउने अन्य देशहरूमा घाना, माली, सुडान, अङ्गोला, बेनिन, इथियोपिया, युगान्डा र मोजाम्बिक पर्छन् । २०२३ फेब्रुअरी १८ मा इथियोपियाका आडिस अबाबा सहरमा भएको अफ्रिकी युनियनको सम्मेलनमा युगान्डाका विदेशमन्त्री जेजे ओडोङ्गोले भने, “हामीलाई उपनिवेश बनाइएको थियो र हामीले तिनीहरूलाई माफी पनि दियौँ । अहिले ती उपनिवेशकर्ताहरूले हामीलाई रुसलाई शत्रु बनाउन भनिरहेका छन् । रुसले हामीलाई कहिल्यै उपनिवेश बनाएन । यो आग्रह कसरी सही हुन्छ ? यो आग्रह हाम्रो लागि होइन । तिनका शत्रुहरू तिनका शत्रु हुन् । हाम्रा साथीहरू हाम्रा साथी हुन् ।”
सही होस् वा गलत, आजको रुसलाई दक्षिणी गोलाद्र्धका धेरै देशले सोभियत सङ्घको वैचारिक सन्तानको रूपमा हेर्छन् । सोभियत सङ्घको सहयोग सम्झिँदै उनीहरूले रुसलाई फरक र अनुकूल देश मान्छन् । उपनिवेशवादको कष्टकर इतिहास हेर्दा उनीहरूलाई दोष दिने ठाउँ छ र ?
३. दक्षिणी गोलाद्र्धले युक्रेन युद्धलाई समस्त विश्वको नभई युरोपको मात्र भविष्य कोर्ने घटनाको रूपमा हेर्छ ।
शीतयुद्धको इतिहासले धेरै विकासशील देशहरूलाई महाशक्तिहरूको द्वन्द्वमा फस्दा धेरै जोखिम उठाउनुपर्ने र पाए पनि थोरै मात्र लाभ पाउने कुरा सिकाएको छ । यसले गर्दा युक्रेनको छद्म युद्धले समस्त विश्वको भविष्त्न्दा युरोपको भविष्य कोर्ने उनीहरूले देख्दै छन् । युक्रेन युद्ध दक्षिणी गोलाद्र्धको लागि महँगो ध्यान मोड्ने घटना हो । अहिले उनीहरूले ध्यान दिनुपर्ने धेरै घरेलु समस्याहरू छन् । महँगो इन्धन, खाद्यान्न, बोझिलो बन्दै गएको ऋण र मुद्रास्फीतिका चुनौतीहरू छन् । रुसमाथि पश्चिमी देशहरूले लगाएको नाकाबन्दीले यी समस्या समाधान गरेको छैन, बरु चर्काएको छ ।
‘नेचर एनर्जी’ मा प्रकाशित एक सर्वेक्षणअनुसार गत वर्ष इन्धनमा भएको मूल्यवृद्धिले विश्वका १४ करोड जनता चरम गरिबीतिर धकेलिनेछन् । उच्च इन्धनको मूल्यले ऊर्जा खर्च मात्र बढाउँदैन, बरु समग्र आपूर्ति शृङ्खलामा मूल्यवृद्धि गर्छ । यसले गर्दा खाद्यान्न र अन्य उपभोग्य सामान महँगिन्छन् । सबै देशमा फैलिने यो मुद्रास्फीतिले पश्चिमी देशहरूलाई भन्दा विकासशील देशहरूलाई सताउने निश्चित छ ।
पश्चिमी देशहरूले आफूले चाहेसम्म युद्ध लम्ब्याउन सक्छन् । तिनीहरूसँग वित्तीय स्रोत र पुँजी बजार दुवै छ । उनीहरूले युरोपको भावी सुरक्षामा धेरै लगानी गरेका छन् । तर, दक्षिणी गोलाद्र्धको देशलाई यो सहुलियत छैन । बरु युरोपको भावी सुरक्षाका लागि गरिएको युद्धले सम्पूर्ण विश्वको सुरक्षा तहसनहस पार्नसक्छ । पश्चिमी देशहरूले युद्ध अन्त्य गर्ने सम्झौताको ढोका नखोलेको देखेर दक्षिणी गोलाद्र्ध आत्तिएको छ । २०२१ डिसेम्बरमा यस्तो सम्झौता हुनसक्थ्यो । रुसले युरोपसँग परिमार्जित सुरक्षा सन्धि गर्ने प्रस्ताव अघि सारेको थियो । ती सन्धिले सम्भाव्य युद्ध टार्न सक्थ्यो। तर, त्यो मौकालाई पश्चिमले अस्वीकार ग¥यो । २०२२ अप्रिलमा इस्तानबुलमा शान्ति सम्झौता गर्ने प्रस्ताव पनि पश्चिमले अस्वीकार ग¥यो । रुसलाई ‘कमजोर’ पार्ने उद्देश्यले पश्चिमले त्यसो गरेको थियो । अहिले सारा विश्व, त्यसमा पनि खासगरी विकासशील देशहरूले युक्रेन युद्धको मूल्य चुकाइरहेका छन् । यो युद्धलाई पश्चिमा मिडियाले ‘अकारण’ गरिएको भनी जति नै हल्ला गरे पनि यसलाई सजिलै रोक्न सकिने थियो । दक्षिणी गोलाद्र्धले युक्रेन युद्धलाई अन्तर्राष्ट्रित्न्दा पनि स्थानीय द्वन्द्वको रूपमा हेर्दै आएको छ ।
४. विश्व अर्थतन्त्र अब अमेरिका वा पश्चिमी देशहरूको नेतृत्वमा छैन । दक्षिणी गोलाद्र्धसँग अब अन्य विकल्पहरू छन् ।
दक्षिणी गोलाद्र्धका धेरै देशहरूले आफ्नो भविष्य ती देशहरूसँग जोडिएको देख्दै छन् जो पश्चिमी गोलाद्र्धको प्रभावमा छैनन् । शक्ति समीकरण फेरिँदै छ भन्ने दृष्टिकोण सत्य हो वा मनचिन्ते हो ? यो थाहा पाउन केही तथ्याङ्क हेरौँ ।
संरा अमेरिकी विश्व उत्पादन सन् १९९१ मा २१ प्रतिशत थियो र २०२१ मा १५ प्रतिशत भयो । जब कि सोही अवधिमा चिनियाँ उत्पादन ४ प्रतिशतबाट १९ प्रतिशत पुग्यो । विश्वका धेरै देशको लागि चीन सबैभन्दा ठूलो व्यापार साझेदार हो । क्रयशक्ति प्यारिटीको आधारमा चीनको गार्हस्थ उत्पादनले अमेरिकालाई उछिनिसकेको छ । सन् २०२१ मा ब्रिक्स देशहरूको गार्हस्थ उत्पादन ४२० खर्ब पुग्यो । जब कि त्यसबेला अमेरिका नेतृत्वको जी–७ देशहरूको गार्हस्थ उत्पादन ४१० खर्ब थियो । ब्रिक्स देशहरूको जनसङ्ख्या पनि जी–७ देशहरूको भन्दा साढे ४ गुणा ठूलो छ ।
ब्रिक्सले रुसमाथि आर्थिक प्रतिबन्ध थोपरेको छैन । उसले रुसका विपक्षीहरूलाई हतियार बेचेको पनि छैन । रुस दक्षिणी गोलाद्र्धलाई ऊर्जा र खाद्यान्न आपूर्ति गर्ने ठूला देशहरूमध्ये एक हो । त्यस्तै चीनको बेल्ट र रोड इनिसिएटिभ वित्त र पूर्वाधार आयोजनाको प्रमुख आपूर्तिकर्ता देश हो । वित्त, खाद्यान्न, ऊर्जा र भौतिक पूर्वाधारको आँखाबाट हेर्दा दक्षिणी गोलाद्र्ध पश्चिमी देशहरूमाथि भन्दा चीन र रुसमाथि निर्भर छन् । साङ्घाइ कर्पोरेसन फैलिरहेको, धेरैभन्दा धेरै देशले ब्रिक्समा आबद्ध हुन चाहेको र केही देशहरूले पश्चिमको डलर वा युरो छाडी अन्य मुद्राहरूमा व्यापार गरिरहेको दक्षिणी गोलाद्र्धका देशहरूले देखिरहेका छन् । यसैबिच युरोपका केही देशहरूले ऊर्जाको मूल्य अचाक्ली हुँदा उद्योगहरू नै घटाउने जोखिम मोल्दै छन् । यसले पश्चिमी देशहरूको आर्थिक असुरक्षा छताछुल्ल पार्छ । युक्रेन युद्धअघि उनीहरूको असुरक्षा उजागर भएको थिएन । विकासशील देशहरूले आफ्ना नागरिकहरूको स्वार्थलाई नै सर्वोपरि राख्ने हुँदा उनीहरूले आफ्नो भविष्य पश्चिमी देशहरूको प्रभाव क्षेत्रबाहिर रहेका देशहरूसँग गाँसिएको देख्नु नौलो होइन ।
५. ‘नियमबद्ध विश्व व्यवस्था’ ले विश्वसनीयता गुमाउँदै छ ।
दोस्रो विश्वयुद्धपछि उदारवादीहरूले ‘नियमबद्ध विश्व व्यवस्था’ को खुब प्रचार गरे । तर, दक्षिणी गोलाद्र्धले यो व्यवस्था पश्चिमी देशहरूले गढेको र अन्य देशमाथि जबरजस्ती थोपरेको महसुस गरे । पश्चिमी देशहरूबाहिरका एकदम थोरै मात्र देशले यो व्यवस्थालाई अनुमोदन गरेका छन् । दक्षिणी गोलाद्र्ध नियमबद्ध व्यवस्थाको विपक्षमा छैन । खालि पश्चिमले गढेका यी नियमहरूमाथि उसको आपत्ति हो ।
अर्को प्रश्न उठ्छ, के पश्चिमी देशहरूको हकमा पनि नियमबद्ध विश्व व्यवस्था लागू हुन्छ ?
दसकौँ अघिदेखि दक्षिणी गोलाद्र्धले पश्चिमी देशहरूले नियममा रहेर काम गर्नमा चासो नदिएको देख्दै र भोग्दै आएको छ । पश्चिमी देशहरूले मनपरी विभिन्न देश कब्जा गरे । यसो गर्दा उनीहरू राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्वीकृति लिन पनि आवश्यक देखेनन् । युगोस्लाभिया, इराक, अफगानिस्तान, लिबिया र सिरिया कही पनि उनीहरू नियमअनुसार चलेनन् । कुन ‘नियम’ पालन गर्दै यी देशमाथि हमला गरिएको थियो, यिनलाई ध्वस्त पारिएको थियो ? के यी युद्धहरू कारणसहित गरिएका थिए वा अकारण गरिएका थिए ? जुलियन असान्जलाई कैदखानामा सडाइएको छ । एडवर्ड स्नोडेन निर्वासनमा छन् । ती दुवैले पश्चिमी देशहरूका यस्तै कब्जाहरूको पछाडि रहेको सत्यतथ्य उजागर गर्ने साहस देखाएका थिए ।
आज पनि पश्चिमी देशहरूले ४० भन्दा बढी देशहरूको ढाड सेक्नेगरी आर्थिक प्रतिबन्ध लगाएका छन् । कुन अन्तर्राष्ट्रिय कानुन वा ‘नियमबद्ध व्यवस्था’ का आधारमा पश्चिमी देशहरूले आफ्नो पूरा आर्थिक सामथ्र्य लगाएर यी नाकाबन्दी थोपरे ? अफगानिस्तानका जनता भोकमरी र अकालले पिल्सिँदै गर्दा पनि उसको धनसम्पत्तिलाई किन पश्चिमा बैङ्कहरूमा रोक्का गरे ? भेनेजुयलाका जनता जेनतेन बाँचिरहेको बेला उसको सुनको भण्डारलाई बेलायतले किन प्रयोग गर्न दिएन ? से हर्शको खुलासा सत्य हो भने कुन ‘नियमबद्ध व्यवस्था’ का आधारमा पश्चिमी देशहरूले नर्ड स्ट्रीम पाइपलाइनलाई ध्वस्त गरे ?
एउटा ठूलै परिवर्तन देखापर्दै छ । हामी पश्चिमी दबदबामा रहेको विश्वबाट बहुध्रुवीय विश्वतिर जाँदै छौँ । युक्रेन युद्धले विश्वको यो सङ्क्रमणलाई अझ देखिने बनाइदिएको छ । आफ्नो विगत र टड्कारो आर्थिक यथार्थका कारण दक्षिणी गोलाद्र्धले बहुध्रुवीय विश्वलाई अझ अनुकूल पाउँदै छ । उसले बहुध्रुवीय विश्वमा मात्र आफ्नो व्यथाको सुनुवाइ हुने देख्दै छ ।
अमेरिकी राष्ट्रपति केनेडीले सन् १९६३ मा अमेरिकन विश्वविद्यालयमा एउटा मन्तव्य दिएका थिए । मन्तव्यको अन्त्यमा उनले भनेका थिए, “हामीले शान्तिपूर्ण विश्वको निर्माण गर्न आफ्नो भागको जिम्मेवारी पूरा गर्नुपर्छ । त्यो एक यस्तो संसार हुनेछ, जहाँ कमजोरहरू सुरक्षित हुनेछन् र बलियाहरू न्यायी हुनेछन् । हामी यो अभिभारासामु निरूपाय छैनौँ । न त यो सफल नहोला भनेर निराश छौँ । निर्धक्क र निडर भएर हामी शान्तिपूर्ण विश्वको लक्ष्य प्राप्तिका निम्ति प्रयासरत हुनैपर्छ ।” सन् १९६३ मा शान्तिपूर्ण विश्वको लक्ष्य एउटा चुनौती थियो । आज हाम्रासामु पनि त्यो चुनौती उस्तै छ । दक्षिणी गोलाद्र्धका जनतासहित सारा संसारका जनताको शान्तिको आग्रह सबैले सुन्नैपर्छ ।
(क्रिशेन मेहता येल विश्वविद्यालयमा आबद्ध छन् ।)
(The Ukraine war viewed from the Global South)
– MR online,Feb 24, 2023
Leave a Reply