भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
भक्तपुर, ११ चैत । प्रभात सार्वजनिक शैक्षिक गुठीको वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रभात सार्वजनिक शैक्षिक गुठीका अध्यक्ष प्रेम सुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय संस्थापक, मानार्थ सदस्य, साधारण सदस्य र सञ्चालक समितिका पदाधिकारीहरूको उपस्थिति थियो ।
गुठीको वार्षिक साधारणसभाको अध्यक्षता गर्दै सांसद सुवालले विद्यार्थीहरूलाई पाठ्यपुस्तक सँगसँगै देश र विदेशका समसामयिक विषयमा पनि शिक्षा दिनुपर्ने र यसको लागि शिक्षकहरूलाई नियमित तालिमको व्यवस्था हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रभात सार्वजनिक शैक्षिक गुठीका अध्यक्षसमेत रहनुभएका सांसद सुवालले प्रजग कोरियाले नयाँ पुस्ताको शिक्षा र स्वास्थ्यको लागि ठाउँ ठाउँमा केटाकेटीको दरबार व्यवस्था गरिएको उल्लेख गर्दै नेपालमा साना केटाकेटी पढ्ने र खेल्ने व्यवस्थित नभएको बताउनुभयो ।
विद्यार्थीहरू सँगसँगै परिवार र समाजका सदस्यहरू पनि सुसंस्कृत हुनुपर्ने आवश्यकता आँैल्याउँदै सांसद सुवालले विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूको योगदानलाई पनि समेट्ने कार्यक्रम बनाउनु जरुरी भएको उल्लेख गर्नुभयो ।
विद्यालय स्थापना गर्न योगदान गर्नुहुने ज्येष्ठ नागरिकहरूलाई विद्यालयको वार्षिक कार्यक्रममा सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै सांसद सुवालले सार्वजनिक सम्पत्ति संरक्षणको लागि स्थानीय क्षेत्रका नयाँ पुस्तालाई शिक्षित र सचेत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गुठीका संस्थापक, मानार्थ र साधारण सदस्यहरूले गुठीअन्तर्गत सञ्चालित प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको पठनपाठन थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिले पेश गर्नुभएको विद्यालयको वार्षिक प्रतिवेदन र लेखापाल तुल्सीनारायण लाखेले पेश गर्नुभएको प्रतिवेदन सुझावसहित साधारणसभाबाट पारित गरिएको छ ।
Leave a Reply