भर्खरै :

एकदिने झोल साबुन बनाउने तालिम सम्पन्न

एकदिने झोल साबुन बनाउने तालिम सम्पन्न

भक्तपुर, ११ चैत । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा शनिबार एकदिने झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ ।
संस्थाको व्यवसाय प्रवद्र्धन उप–समितिको संयोजनमा सम्पन्न उक्त कार्यक्रमका अतिथि एवं संस्थाका निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछाले प्रशिक्षक दयालक्ष्मी त्वातीलाई तालिम सामग्री हस्तान्तरण गरी तालिम उद्घाटन गर्नुभएको थियो ।
उहाँले तालिमले मानिसलाई योग्य र सक्षम बनाउने हुँदा सिक्ने कुरामा उमेरको कुनै हद हुँदैन, तालिमले नयाँ–नयाँ परिस्थिति अनुसार उत्पन्न हुने समस्याहरू निराकरण गर्न सक्षम बनाउनुका साथै व्यक्तिलाई व्यावसायिक बन्न सघाउ पु¥याउने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका वर्तमान अध्यक्ष बलराम गोसाईले सफाइ सभ्यताको पहिचान हो, सफाइको लागि अति आवश्यक साबुन तयार गर्न सिक्नु वाञ्छनीय भएकोले व्यवसाय प्रवद्र्धन उप–समितिको संयोजनमा संस्थाले तालिम सञ्चालन गरेको हो भन्नुभयो ।
व्यवसाय प्रवद्र्धन उप–समितिका संयोजक नाति तुईतुईले सभापतित्व ग्रहण गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवां, सचिव हरिकृष्ण दनेगुलु, व्यवसाय प्रवद्र्धन उप–समितिका सदस्य कृष्णमाया कवां र प्रशिक्षक दयालक्ष्मी त्वातीले पनि तालिमको महत्वको बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
उक्त तालिमको प्रमाणपत्र प्रमुख अतिथि तुल्सीराम ग्वाछाले प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *