पृथ्वीको तापमान बढ्दाको शिकार – नेपाल ?
- भाद्र १४, २०८३
३० फागुनको २०७९ को ‘अन्नपूर्ण पोष्ट’ ले अग्रपृष्ठमै लेख्यो– ‘युक्रेन युद्धले युरोपमा हतियार आयात दोबर ।’
युक्रेनको हतियार आपूर्तिमा गत वर्षभन्दा ६० गुणा बढी भएको स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्था (सिप्री) ले बतायो । युक्रेनमा भएको हतियार आपूर्ति मुख्यतया भण्डारबाट उठाइएका हतियारहरू छन् । ती हतियारमध्ये अमेरिकाको करिब २३० तोपहरू छन् । २८० पोलिश बख्तरबन्द वाहन र सात हजारभन्दा बढी ब्रिटिश एन्टी– ट्याङ्क मिसाइलका साथै एन्टी एयरक्राफ्ट सिस्टम जस्ता नयाँ निर्मित हतियार छन् ।
हतियारले नै सबै युद्धको निर्णय हुने हो भने संरा अमेरिका भियतनाम र अफगानिस्तानबाट भाग्नै पर्ने थिएन । यसकारण, युक्रेनलाई बलि चढाएर संरा अमेरिकाले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको जनताको विश्वास गुमाएजस्तै छिट्टै युक्रेन समस्याको शान्तिपूर्ण समाधान नगर्ने हो भने अमेरिकामाथि युरोपेली जनताको पनि विश्वास गुमाउने निश्चित छ । यसकारण अन्यायपूर्ण युद्धको निर्णय हतियारले होइन जनताले गर्छ ।
स्तालिन र सोभियत सङ्घबारे संसारमा नयाँ सद्भावना उर्लने
अक्टोबर क्रान्ति र त्यसपछिका प्रगतिलाई संसारको आँखाबाट ओझेलमा पार्न अमेरिकी र युरोपेली साम्राज्यवादीहरूले स्तालिनको व्यक्तित्व र सोभियत सङ्घको प्रगतिबारे तथा अत्यन्त बहुमत जनताको हितलाई छोप्न झूटो प्रचारको पर्दा प्रयोग गरेको सोभियत सङ्घमा पुँजीवादको पुनःस्थापना भएको झन् स्पस्ट हुँदै गयो र युक्रेन युद्धले अमेरिकाबाट नाटो जान स्पष्ट पार्दै गयो ।
संरा अमेरिका र नाटो मिलेर युक्रेनलाई अगाडि सारेर सोभियत सङ्घबाट छुट्याइएका पश्चिमका ५६ गणतन्त्रहरू र दक्षिणका ८ वटा गणतन्त्रहरूलाई समेत नाटोको सदस्य बनाई रुसी महासङ्घलाई टुक्रा टुक्रा पारी भागबन्डा गर्ने सोच नै पुटिनलाई ‘युद्ध अपराधी’ को अभियोग लगाई अमेरिकी नियन्त्रणमा रहेको हेगको तथाकथित अन्तर्राष्ट्रिय अदालतले जारी गरेको वारेन्टबाट संसारको आँखा खोलिदियो ।
केही वर्षअगाडि क्यानडामा प्रकाशित ‘गुप्त दस्तावेजहरू’ पुस्तकले दोस्रो विश्वयुद्धमा संरा अमेरिकाले जर्मनीबाट हात पारेको सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्शेविक) को अभिलेखालय अनुसन्धानकर्ताहरूलाई सार्वजनिक गर्दा स्तालिन र सोभियत सङ्घप्रति लगाइएका सबैजसो लाञ्छनाहरू झूटा साबित भएको स्पस्ट ग¥यो ।
त्यस्तै स्तालिनका एक अङ्गरक्षक ए.टी रेबिनको ‘स्तालिनसँग को संस्मरण’ तथा ‘किरोभको हत्याबारे’ र ‘ख्रुश्चेभको झूट’ भन्ने ग्रोभर फ्युररको अनुसन्धानको सारले पुँजीवादी संसारले फैलाएको धुवाँको सम्पूर्ण पर्दा हावाले उडाएको छ ।
‘रुसी अतिक्रमणमा स्तालिनकालीन सोभियत प्रभाव’ जस्ता कार्डिफ विश्वविद्यालयका आधुनिक युरोपेली इतिहासका अध्यापक जेक्स रायनको मूल्याङ्कन पूर्णरूपले बोक्रे र असत्य छ । उनको त्यो बोक्रे र असत्य मूल्याङ्कन ‘द कन्भरसेसन’ बाट साभार गरिएको हो । (नयाँ पत्रिका, ३० फागुन २०७९)
युक्रेनको खैलाबैलामा एक नयाँ किरण
युक्रेनलाई बलि चढाएर संसारमा एकचोटि फेरि संरा अमेरिका र नाटो साम्राज्यवादी देशहरूले उपनिवेशवादलाई पुनःस्थापना गर्न खोजेको बेला ‘इरान–साउदीबिच कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्ने सम्झौता’ मा चीनको भूमिकाले यस धर्तीलाई शान्तिको एक नयाँ सन्देश दियो । (नयाँ पत्रिका, २८ फागुन २०७९)
अफ्रिकाका ५४ देशहरूमध्ये गत मार्चमा संयुक्त राष्ट्र सङ्घको महासभामा रुसी आक्रमणको निन्दा गर्न नमान्ने २६ अफ्रिकी देशमा दक्षिण अफ्रिका पनि एक थियो । दक्षिण अफ्रिका ‘ब्रिक्स’ को एक सदस्य हो र ‘चीन–रुससँग संयुक्त जल सैन्य अभ्यास’ ले साम्राज्यवादी शक्तिहरूलाई झस्काइदिएको थियो ।
राष्ट्रसङ्घीय महासभामा युक्रेन विषयलाई लिएर रुसलाई निन्दा गर्ने प्रस्तावको बहिष्कार गर्ने ३५ देशमध्ये १७ देश अफ्रिकी थिए । मतदानमा ३२ देश अनुपस्थित थिए, जसमध्ये १५ देश अफ्रिकी थिए । (द गार्जियनबाट साभार गरिएको क्रिस मुरोन्जीको ‘युक्रेन मामलामा अफ्रिका कता हो ?’ शीर्षकमा ‘श्रमिक’ साप्ताहिक ३० फागुन २०७९) । त्यस लेखमा ‘रुसलाई सहयोग गर्ने वा साथ दिने अफ्रिकी देशहरूलाई दण्डित गर्ने बाटो खोल्ने’ धम्की पनि संरा अमेरिकाले दियो । यसको अर्थ अमेरिकी र नाटो साम्राज्यवादी देशहरू संसारको शान्ति खल्बल्याउन खोज्दै छन् जसको परिणाम तिनीहरूको पक्षमा हुने छैन भन्ने प्रस्ट छ ।
Leave a Reply