भर्खरै :

कुवेत, युक्रेन र थाइवान

कुवेत, युक्रेन र थाइवान

सन् १९९१ भन्दा अगाडि २०० वर्षमा संरा अमेरिकाले २१८ सैन्य हस्तक्षेप गरेको थियो भने सन् १९९१ शीत युद्ध समाप्त भए यता संरा अमेरिकाले २५१ सैन्य हस्तक्षेप ग¥यो । इराक, अफगानिस्तान, लिविया, भेनेजुयला, क्युवा, जिम्बाबे आदि २० भन्दा बढी मुलुकले अमेरिकी आर्थिक प्रतिबन्ध झेल्दै छन् । कति मुलुक देशको अर्थतन्त्र ध्वस्त हुनबाट सङ्घर्षरत छन् । (मार्को फर्नान्डेस– ‘युक्रेन द्वन्द्वका कारण बर्चस्व गुमाउँदै पश्चिम’ शीर्षकमा ‘चीनको २५ मुलुकसँग स्थानीय मुद्रा प्रयोग गर्ने सम्झौता गरिसकेको छ भने ब्रिक्ससम्बद्ध मुलुक डलरको विकल्प खडा गर्ने छलफलमा छन् ।)
मार्को फर्नान्डेस ट्राईकन्टिनेटल इन्स्टिच्युट फर सोसल रिसर्चका अनुसन्धानकर्ता एवम् नो कोल्ड वार क्याम्पेनका संयोजक हुन्– ग्लोबल टाइम्स
उनको भनाइमा संरा अमेरिकी युद्ध उद्योगहरूले राम्रै नाफा कमाइरहेका छन् ।
सेन्टर फर स्ट्रेटेजिक इन्टरनेसनल स्टडिजअनुसार रुसले पहिलो ४ महिनामा अमेरिकाले एक वर्षको उत्पादन गर्न सक्ने क्षमताभन्दा बढी दूरमारक यन्त्र (मिसाइल) प्रयोग ग¥यो ।
यता अमेरिकी मिसाइल गोदाम रित्तिंदै छ र जर्मन चान्सलर ओलाफ स्कोल्जले ल्याटिन अमेरिकी मुलुकहरूसँग हतियार माग गर्दै छ । तर, ल्याटिन अमेरिकी देशहरूले जर्मन चान्सलरको आग्रहलाई अस्वीकार गरेका छन् ।
युक्रेन समर्थक पश्चिमी देशहरूबाट १५ जनवरी २०२३ सम्म युक्रेनले एक खर्ब ४३ अर्ब ६० करोड डलर बराबरको सहयोग पायो । त्यसमध्ये अमेरिकाबाट ४४ अर्ब ३० करोड डलर बराबरको हातहतियार पायो ।
संरा अमेरिका हतियार र युद्धको व्यापारी हो भन्ने यसरी थाहा हुन्छ– “भियतनाम युद्धपछि अमेरिकाको सैन्य उद्योगले सबभन्दा बढी नाफा कमाइरहेछ ।” तर, अमेरिका भन्दै छ– अमेरिकासँग असीमित स्रोत नभएको चेतावनी दिँदै छ । (नयाँ पत्रिका–२९ फागुन २०७९)
तर, पश्चिमी देशहरूले अनुमान गरेझैँ रुसको अर्थतन्त्रमा त्यति क्षति पुगेको छैन । रुसले २००८ देखि नै प्रतिबन्ध बेहोरेको भए पनि सन् २०२२ मा रुसको कुल गार्हस्थ उत्पादन (जीडीपी) २.२ प्रतिशतले मात्र खस्केको छ । रुसलाई चानचुन सम्झने संरा अमेरिका र नाटोको अनुमान गलत निस्क्यो ।
संरा अमेरिकाले जसरी नाटो देशहरूलाई रुसको सामान नकिन्न दबाब दियो त्यस्तै अरू देशलाई पनि दबाब दिएर रुसलाई छिट्टै आफ्नो सर्त मनाउने सोच राखेको प्रस्ट हुन्छ । तर, संसार अमेरिकी थिङ्कट्याङ्क, दक्षिणपन्थी सैन्य र केन्द्रीय गुप्तचर विभागले सोचेको भन्दा फरक भइसकेको तलका केही स्थिति र तथ्याङ्कले बतायो–
क) चीनले सन् २०२२ मा रुससँग ४३.२ प्रतिशतले व्यापार बढायो । (अहिले व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको छ ।)
ख) त्यसैगरी भारत रुसको सबभन्दा ठूलै तेल खरिदकर्ता हो ।
ग) यी ती नै मुलुक आफ्नो एवम् यस ग्रहको भविष्यका लागि निर्माण गरेको ब्रिक्स र साङ्घाई कोअपरेसन अर्गनाइजेसन (स्को) का सदस्य हुन् ।
हालै परराष्ट्र सम्बन्धबारे युरोपेली परिषद्ले युरोप, अमेरिका क्षेत्र, चीन, भारत, रुस र नाटो सदस्यहरूले टर्कीमा गरेको एक सर्वेक्षणको नतिजा प्रकाशित ग¥यो, त्यसमा भनिएको छ–
१) करिब तीन अर्ब जनसङ्ख्यामा भएको सर्वेक्षणमा बहुसङ्ख्यकले चाँडोभन्दा चाँडो युद्ध समाप्त होस् भन्ने चाहन्छन् ।
२) युद्ध समाप्त हुने हो भने सर्वेक्षणका सहभागीले युक्रेनको भूभागमा रुसले गरेको नियन्त्रणलाई समेत स्वीकार्ने बताए ।
३) अधिकांश अफ्रिकी मुलुकले युरोपेली शक्ति विरुद्धको उपनिवेशवादी सङ्घर्षमा तत्कालीन सोभियत युनियनको भूमिकालाई बिर्सेका छैनन् ।
४) अफ्रिकी देशहरूले मस्कोसँग उत्कृष्ट आर्थिक एवम् राजनैतिक सम्बन्ध राखेका छन् ।
५) गत वर्ष युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अफ्रिकी सङ्घसँग वार्ता गर्न खोज्दा जम्मा चार मुलुक मात्र राजी भएको थियो ।
६) पश्चिमी गोलाद्र्धका मुलुकहरूमा अमेरिकी डलरको विकल्प खोज्दै छन् र चीनले २५ मुलुकसँग स्थानीय मुद्रा प्रयोग गर्ने सम्झौता गरिसकेको छ ।
७) २० भन्दा बढी मुलुकले ब्रिक्सको सदस्य हुने इच्छा जाहेर गरेका छन् ।
यी सबै हेरेर फ्रान्सेली राष्ट्रपति म्याक्रोँले खुलेर भने, “पश्चिम मुलुकले दक्षिण गोलाद्र्धमा आफ्नो विश्वास गुमाइसकेको छ ।” यसरी संरा अमेरिका र नाटोले कुवेत अगाडि सारेर इराकमा हमला गरेजस्तै रुसलाई युक्रेन र चीनलाई ताइवान तेर्साएर आफ्नो सर्त मनाउन खोज्ने रणनीति असफल भएको प्रस्ट भयो । नेपालीमा एउटा भनाइ छ– खुकुरीले फर्सी काट्छ, खसी काट्छ, तर ढुङ्गा काट्दैन । नेपालको एक लोक कथाअनुसार ‘यमराज जीउँदो मान्छेको फेलामा परेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *