भर्खरै :

चीन र होन्डुरसबिच कूटनीतिक सम्बन्ध स्थापना

होन्डुरसले थाइवान सत्तारूढसँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेपछि मार्च २६ मा जनगणतन्त्र चीनले होन्डुरससँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । यसरी नै विश्वमा १८२ वटा मुलुकले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् । थाइवान सत्तारूढसँग कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकको सङ्ख्या १३ वटा मात्र बाँकी छन् । यसबाट एक चीन नीति अन्तर्राष्ट्रिय समूहको सामान्य सहमति र अन्तर्राष्ट्रिय सम्बन्धको सामान्य मान्यता भएको देखिएको छ ।
विश्वमा एक चीन मात्र छ । जनगणतन्त्र चीन सरकार चीनको प्रतिनिधि गर्ने एक मात्र वैधानिक सरकार हो । अनि थाइवान चीनको भूभागको अविच्छिन्न भाग हो । यो निर्विवाद इतिहास र तथ्य हो । केही वर्षयता पानामा, एल साल्भाडोर, निकारागुआ, होन्डुरसलगायत मुलुकले थाइवान सत्तारूढसँग कूटनीतिक सम्बन्धलाई अन्त्य गरी जनगणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने वा पुनःस्थापना गर्ने गरेका छन् । यो एक चीन नीतिको आधारमा गरेको राजनीतिक छनोट हो । होन्डुरसका विदेशमन्त्री रेनाले भन्नुभएझैँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नु नै राजनीतिक निर्णय हो । यस दिशातिर विश्व हिँडिरहेको छ ।
पछिल्लो समाचारअनुसार, चीनले होन्डुरसलाई बेल्ट एन्ड रोड इनिसियटिभ, विश्व विकास पहल, विश्व सुरक्षा पहल, विश्व सभ्यता पहलमा संलग्न भएर सम्बद्ध प्रारूपमा आदान–प्रदान र व्यवहारिक सहयोगलाई बढाउन स्वागत गरेको छ । चीनले आयात वृद्धि, लगानी प्रोत्साहन, पूर्वाधार निर्माणमा सहभागिता, जनता सुविधा कार्यक्रमलाई प्राथमिकता दिई वास्तविक उपलब्धि छिट्टै प्राप्त गर्ने चाहना राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *