भर्खरै :

यो स्पष्ट हुनुपर्ने

नेता बनाएर बन्छ कि आफैँ बन्छ एउटा जिज्ञासा उठ्यो मनमा र यो प्रश्न उठाएको हुँ । मेरा सामुन्ने अनेक प्रश्न झुल्किएर अस्ताए । तैपनि यो सँगसँग हराएन र आफ्नो कलम यतातिर लाग्यो । नेता आफैँ जन्मदैन कार्यकर्ताले जन्माउँछन् । पहिले खाँटी कार्यकर्ता हुन्छ । तबमात्र नेता हुन्छ । नेताले अनेकथोक बुझेको हुनुपर्छ । समाज बुझेको हुनुपर्छ । अझ समाजको पूर्वापर पनि बुझेको हुनुपर्छ । सबैथोक भनेको भूगोल, इतिहास पुर्खा, प्रवृत्ति, राजनीति, अर्थनीतिजस्ता कुराका अतिरिक्त यो संसारमा भएका लामो समयसम्म हुने सम्भावना भएका सबैथोकको ज्ञान या आद्योपान्त थाहा हुनुपर्छ । अब भविष्यमा हुने सम्भावना भएका यावत विषयमा पनि जान्नुपर्छ । यी सबै कुरा पढेर मात्र पनि जानिँदैन नपढेर त जानिँदै जानिँदैन । पढेर र गरेर जानिएको कुरा पूर्ण ज्ञान हुन्छ । अझ भनुँ भने पूर्णतः कहिल्यै जानिँदैन । यो पूर्ण भनेकै हुँदैन । ज्ञान पूर्ण भनेको हुँदै हुँदैन, यदि ज्ञान पूर्ण हुन्थ्यो भने संसारै रहने थिएन । मेरो चिन्तनमा अपूर्ण भनेकै भोलि हो, भविष्य हो । यही आजको अपूर्णतालाई पूर्णतातिर लैजान त संसार चलेको छ र भोलिको अज्ञात तस्वीर छ । त्यो अज्ञानता यति धेरै छ । पूर्ण कहिल्यै पूर्ण हुँदैन । पूर्ण भो भने जीवनको अस्तित्व नै प्रकाण्ड हुन पाउँदैन । यसकारण यो नेता हुने काम सजिलो भने छैन । नेता हुन खोजेर हुने होइन । नेता हुन सजिलो छैन । यसैले सबै नेता हुँदैनन् । नेता हुन त्याग चाहिन्छ ।
सजिलो छैन
नेता हुन खोजेर मात्र होइँदैन झन हुन नै खोजे त हुँदै होइँदैन । यसर्थ, नेता खोजेर हुने होइन नखोजे त झन् कसरी पो हुन्छ र ? नेता हुन प्रायः अपवादमा बाहेक सबै चाख राख्छन् तर हुन सक्दैनन् । यसबारेमा मौन रहन पनि हुँदैन । त्यसो भनेर जहिले पनि पछि लागेर मात्र पनि हुँदैन । नेता हुन विलक्षण प्रतिभा त चाहिन्छ चाहिन्छ । तर, यो विलक्षण प्रतिभा खोजेर पाइने हुँदैन । नेतृत्व खोजेर नपाइने तर जे जति गरेर पनि नभई नहुने हो यो नेतृत्व । अस्तिमात्र मकहाँ नवलपुरका प्रगतिशील ५ जना युवक र एक जना ६० वर्ष नाघेका परिपक्व पार्टी नेता वा कार्यकर्ता आउनुभएको थियो । मैले आफ्नो उमेरका कारण धेरै कुरो गर्न नसक्ने विचार राखेँ । तर, युवा वर्गले आफूहरू भएकोले निराश नहुन सम्झाए । म केही आशावादी भएँ । यस्तै त होला नि ! अहिले पार्टीप्रतिको समर्पण ! अहिले त एउटा पार्टी कार्यकर्तालाई पार्टीप्रति निष्ठावान बनाइराख्न मुश्किल मुश्किल छ । कार्यकर्ता नभए केही गर्न नसकिने, कार्यकर्ता बनाउन सकस, बनेको कार्यकर्तालाई पार्टीमा लामो समय टिकाउन झन् सकस । अरु पार्टीको हेरी नेमकिपामा आएका कार्यकर्ता प्रायः पार्टीको गन्तव्य बुझेरै आउँछन् ।
त्यो सोच नै छैन
केही ठूला ठेकेदार र ठूला व्यापारी राजनीतिक पार्टी र नेताहरूमार्फत काम लिँदा नाफाको राशी कम आउने र नाफा कम भो भनी आफँै राजनीतिक पार्टीभित्र प्रवेश गरे र नाफा एकलौटी गराएर ठेक्का लिएको रकम लिने खाने समयमा काम नगर्ने । ढिला गरी र सरकारको दबाबमा परेको न्याय पनि गुणस्तरीय हुन छोड्यो । यसरी विकास निर्माणमा राजनीति त पसेकै थियो । अब राजनीति मात्र पसेन, राजनीतिक पार्टीहरू नै पसे जसले समयमा काम हुन छोड्यो । भएको काम पनि गुणस्तरीय हुन छोड्यो । रुसमा जार सरकारको पालामा निर्माण भएका पुलहरू कच्चा भएको थाहा पाई रुसी नेता लेनिनले नेतृत्व गर्नुभएको सरकारले कम्युनिस्ट सरकारले ती पुलको उद्घाटन गरायो र पहिलो सवारीमा ठेकेदारलाई नै गरायो, गर्न लाग्दा पुल भत्क्यो र ठेकेदार जो मोटर दुर्घटनामा परी मर्न लाग्यो । तब अरु ठेकेदारले भत्काई राम्रो गरी पुनःनिर्माण भएपछि सरकारलाई बुझाउन थाल्यो । हाम्रो सरकार त्यसो पनि गर्न सक्ने अवस्थामा छैन । तसर्थ, पार्टीको महासचिव वा अध्यक्ष यद्वा पार्टी प्रमुख हुने मान्छे यस्ता गाँठी कुरा बुझ्नसक्ने हुनुपर्छ । त्यस्तो हामीकहाँ परिवर्तनको नेतृत्वमा आउनै सकेनन् । त्यसैले यो प्रवृत्ति नै पसेन हाम्रा पार्टीहरूमा । तब हाम्रो नेपालमा राजनीतिले जनताको सोच र आकाङ्क्षाको सम्बोधन गर्न सकेन । यो वास्तविकतामा परिवर्तन नल्याई धरै छैन । तर, परिवर्तन ल्याउन त नेतृत्व गर्ने पार्टीहरूमा त्यो सोच नै छैन ।
यो व्यवसाय गर्न हुने–नहुने ?
नेपालमा कतिपय राजनीतिक पार्टीमा नेतृत्व किन्नेजस्ता व्यापारी राजनीति अहिले चलेको छ । यो किनेका राजनीतिबाट सेवा भन्ने प्रतिफल प्राप्त गर्ने आशा पनि गर्न सकिन्न । राजनीतिमा पैसा मिसिएको परिणाम यही हो । तर, राजनीतिमा पैसा मिसिएपछि सेवा हुँदैन, त्याग हुँदैन । त्याग र सेवा नै नभएको पनि राजनीति हुन्छ र ! हामीकहाँ कतिपय व्यक्ति राजनीतिलाई ठाडै कमाउने भाँडोको रूपमा प्रयोग गरिरहेका छन् र राजनीति कमाउने भाँडो गराउनेहरूबाट सेवा ? ती नेताहरू राजनीतिलाई सेवा होइन मेवा बनाएर पेवा बनाइरहेका छन् । कोही नेता स्वास्थ्य उपचार गर्छन्† प्रसिद्ध नेताको नाम झुन्ड्याएर मेडिकल कलेज चलाउँछन् । शिक्षा व्यापार गर्ने नेता त कति छन् कति ? निजी क्षेत्रले गर्ने बोर्डिङ स्कूल प्रायः नेताका श्रीमतीले, कतै नेताले सञ्चालन गरेर लखपति, करोडपति बनेका नेता त कति नेता छन् कति ! यसर्थ, यो मामिलामा गम्भीर अध्ययन हुनुप¥यो । नेता र नेता पत्नीले र पतिले यस्ता पैसा कमाउने पेसा गर्न पाइने वा नपाइने भन्नेमा अध्ययन नै एउटा कडा खालको आचारसंहिता बन्नुप¥यो अन्यथा नेपालको वामपन्थी आन्दोलन कुहिएको फर्सी हुनेछ भन्ने पो त देख्छु म । कता लेख्न लाग्या कता पो त पुगियो ।
१३ चैत २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *