स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
नेपाल जलस्रोतमा धनी देश हो । यहाँ जलस्रोतको प्रशस्त भण्डार छ । देशको लागि आवश्यक बिजुली निकाल्न सक्ने क्षमता छ र जनतालाई सस्तो र सर्वसुलभ रूपमा विद्युतीय सेवा दिन सकिन्छ । यहाँका उद्योगधन्दा, घरायसी काम र रासायनिक मल कारखाना खोल्न पनि पर्याप्त बिजुली निकाल्न सकिन्छ । नेपाल विद्युत् प्राधिकरणले देशको आवश्यकताअनुसार विद्युत् निकालेर जनताको दैनिकी जीवनमा उपयोग गर्न सके एकातिर जनतालाई ठूलो राहत हुन्छ भने अर्कोतिर राज्यस्रोत बढ्छ र देशको आम्दानी देशमै रहन्छ । विद्युतीय सेवा सहज ढङ्गले जनताको घर–आँगनमा पु¥याउन सके एलपी ग्यासको उपयोग स्वाभाविकरूपमा घट्छ । सहर बजार हुँदै गाउँ–बस्तीमा पुगिरहेको ग्यासको आपूर्ति कम भएमा देशको राजस्व विदेसिँदैन । घर–घरमा विद्युतीय चुल्होलाई बढावा दिन सके या भान्सा भान्सामा विद्युतीय सेवा पु¥याउन सके ग्यास आयात घट्छ । प्राधिकरणले हाल लिइरहेको सेवा शुल्कमा सहुलियत दिएमा ग्यासभन्दा विद्युतीय सेवा व्यापक हुन्छ र त्यो भरपर्दाे पनि हुन्छ ।
यसको लागि सरकारले पर्याप्त बिजुली निकाल्नुपर्छ । बिजुली गाउँको बस्ती बस्तीमा पु¥याउनुपर्छ । बिजुलीको मूल्य घटाउनुपर्छ । लोडसेडिङ नहुने व्यवस्था हुनुपर्छ । यसले गर्दा ग्यास र पेट्रोलमा भइरहेको अर्बौँ खर्बौँ रकम विदेश जान रोकिन्छ । यसले आम जनतालाई बिजुलीको सेवा भरपर्दो रहेछ भन्ने सन्देश जान्छ । बिजुलीबाटै यातायातका साधनहरूमा पनि उपभोग गर्न सके हावापानी प्रदूषित हुँदैन, यातायातका साधन चाँडै बिग्रिँदैन । अतः यसतर्फ शासकहरूको ध्यान जानुपर्छ । नेपालीहरूको घर–घरमा बिजुली नपुगेसम्म अरु देशमा बिजुली बिक्री गर्ने काम रोक्नुपर्छ । अहिले त नेपालले भारतलाई सस्तोमा बिजुली बेचेर महँगोमा नेपालले भारतसँग बिजुली आयात किनिरहेको छ । नेपालीलाई बिजुली नपुगेसम्म भारतलगायत अरु देशलाई बिक्री गर्ने काम रोक्नुपर्छ । नेपालको सस्तोमा बिजुली बेचेर महँगोमा किन्ने काममा नियन्त्रण गर्नुपर्छ । देश र जनताको लागि फाइदा हुने काम थालनी गर्नुपर्छ । यसको लागि दीर्घकालीन उद्देश्य राखेर सरकारले योजना तय गर्नुपर्छ । तय भएको योजना निर्धारित समयभित्र पूरा गर्नुपर्छ । अनिमात्रै सरकारप्रति जनताको विश्वास बढ्छ ।
Leave a Reply