भोटेकोसी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
- भाद्र १४, २०८३
भक्तपुर, १६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरूलाई बिहीबार एक कार्यक्रमबिच बधाईपत्र तथा कदरपत्र वितरण गर्नुभएको छ ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजना भएको बधाई, कदरपत्र वितरण तथा मार्गनिर्देशन कार्यक्रममा उहाँले कर्मचारीहरूले व्यक्तिगत फाइदाका लागि काम गर्ने नभई जनताको सेवा गर्ने ध्येय राख्नुपर्ने बताउनुभयो ।
कर्मचारीहरूमा नैतिकता र इमानदारिताको खाँचो रहेको औँल्याउँदै उहाँले सेवानिवृत्त कर्मचारीहरूले स्वस्थ र सक्रिय जीवन बाँच्न अध्ययनलाई जोड दिई राजनीतिकरूपमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “निष्क्रिय जीवनले रोग निम्त्याउने हुँदा सेवा निवृत्तहरूले आफ्नो बाँकी जीवनलाई प्रगतिशील ढङ्गले अगाडि बढाउनुपर्छ । इमानदार र असल राजनीतिक कार्यकर्ताले आफ्नो निम्ति नभई समाजको निम्ति काम गर्ने गर्दछ ।”
समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थाबिचको भिन्नताबारे प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले समाजवादी व्यवस्थामा गास, बास र आवश्यक सुविधाको व्यवस्था राज्यले गर्ने र समाजवादी देशका कर्मचारीहरू देश र समाजप्रति सचेत र समर्पित भएर लाग्ने उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकताले नगरपालिकाको हरेक कार्यक्रम सफलतापूर्वक अगाडि बढिरहेको बताउनुभयो ।
वित्तीय अनुशासन, सुशासन र कर्मचारी प्रशासन राम्रो भएको संस्था दिगो र सफल हुने धारणा राख्दै उहाँले राजनीतिक व्यवस्था राम्रो भएको देश व्यवस्थित ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।
स्वदेशमै रासायनिक मल कारखाना खोल्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उहाँले नेपाललाई आत्मनिर्भर बनाउन कृषि, पर्यटन क्षेत्रको विकास र व्यवस्थापनमा सरकारले ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।
अवकाश नजिक पुगेका कर्मचारीहरूलाई नयाँ नयाँ कुरा सिक्नेतर्फ प्रेरित हुन र स्वस्थ तथा सक्रिय जीवनयापनमा ध्यान दिन सुझाव दिँदै उहाँले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी सस्तोमा गुणस्तरीय सेवा प्रदानमा जोड दिँदै आएको बताउनुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले सेवा निवृत्त कर्मचारीहरूको आगामी जीवन देश र समाजको हितमा अझ सक्रियतापूर्वक लाग्न सुझाव दिनुभयो ।
देशैभरिका कर्मचारीहरूले जनताको सेवामा निःस्वार्थ भावले काम गरेमा देशको अवस्थामा सुधार आउने धारणा राख्दै उहाँले सार्वजनिक संस्थाहरूमा भइरहेको नीतिगत भ्रष्टाचारकै कारण देश पछाडि परेको हो भन्नुभयो ।
पुँजीवादी व्यवस्थाले समाजलाई भ्रष्ट बनाउँदै लगिरहेको उल्लेख गर्दै उहाँले पुँजीवादी व्यवस्था व्यक्तिवादी र नाफामुखी भएको हुँदा यो व्यवस्थाले देशको हित नगर्ने बताउनुभयो ।
प्रदेश सरकारको अस्तव्यस्तता र विकृतिबारे जानकारी गराउँदै प्रदेशसभा सदस्य सैँजुले भन्नुभयो, “राजनीतिमा महिला सहभागिता व्यापक गराउन नेक्रामसङ्घले कामदार वर्गका महिलाहरूलाई सङ्गठित गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
चैत २४ र २५ गते चितवनमा हुने नेक्रामहिलासङ्घको राष्ट्रिय सम्मेलन सफल पार्न सहभागिताको लागि तथा आर्थिक, नैतिक र भौतिक सहयोगको लागि पनि उहाँले आग्रह गर्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सेवानिवृत्त कर्मचारीहरूले आफूसँग भएको पेसागत ज्ञान र सीप समाज विकासको लागि उपयोग गर्दै लाने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सरकारले ल्याएको कर्मचारीहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कर्मचारीहरूको हकहितमा रहेको उहाँले बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले २०६७ सालदेखि २०७९ सालसम्म भक्तपुर नपाका सेवानिवृत्त कर्मचारीहरूको सम्मानमा कार्यक्रम आयोजना भएको चर्चा गर्दै कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिमहरू सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका समितिका सदस्य गणेशलाल फोजु र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नपा कर्मचारी एसोसिएसनले प्रकाशन गरेको २०८० सालको भित्तेपात्रो सार्वजनिकीकरण गर्नुभएको थियो ।
कार्यक्रममा भनपामा ३० वर्ष सेवा पूरा गरेका १७ जना र सेवा निवृत्त भएका ९१ जना कर्मचारीहरूलाई बधाईपत्र र कदरपत्र प्रदान गरिएको थियो ।
Leave a Reply