भोटेकोसी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
- भाद्र १४, २०८३
चितवन, १६ चैत । चैत २४ र २५ गते नेक्रामसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन चितवनमा हुँदै छ । सङ्घले सम्मेलनको प्रचार र तयारीलाई तीव्र पार्दै छ । यसै क्रममा बिहीबार चितवनको शक्तिखोर भिडरानमा महिला भेला सम्पन्न भयो ।
भेलामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले बहुसङ्ख्यक नेपाली कामदारवर्गका महिलालाई राजनीतिकरूपले सचेत र शिक्षित बनाउने अभियानकै रूपमा सम्मेलनलाई लिएको बताउनुभयो । उहाँले देशको अवस्था र व्यवस्था फेर्न काम गरीखाने महिलाहरू नै राजनीतिकरूपमा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष थापामगरले पटक–पटक सरकारमा जाने पार्टी र मन्त्रीहरूले विकासको नाममा सोझासिधा जनताको मत ठगेर देशलाई विनासतिर धकेलेको चर्चा गर्नुभयो । उहाँले भ्रष्टाचारको अखडा बनेको सिँहदरबारमा भाग लिन जाने नयाँ भनिएका दलहरू पनि देश र जनताको अहितमा उभिएकोले थप सचेत हुनुपर्ने औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद नेपालमा लेण्डुप दोर्जे र जेलेन्स्कीहरू तयार गर्दै छन्, नेपाली जनताले देश जोगाउन सडक र संसद्मा सशक्त आवाज उठाइरहेको नेमकिपालाई साथ दिनुको विकल्प छैन ।”
उहाँले देशको महत्वपूर्ण पदमा महिला पुगे पनि व्यापक कामदार महिलाको पक्षमा केही काम गर्न नसकेको चर्चा गर्दै बलात्कारी, चेलीबेटी बेचबिखन गर्ने, जघन्य महिला हिंसाका अपराधी र भ्रष्टाचारीलाई मृत्युदण्ड सजायको बन्दोबस्त गर्नुपर्नेमा सङ्घले आवाज उठाइरहेको बताउनुभयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी चितवनका जिल्ला अध्यक्ष हरिप्रसाद दुवालले समाजमा व्याप्त अन्धविश्वास अन्त्यका लागि नेक्रामहिला सङ्घ क्रियाशील रहेको बताउनुभयो ।
उहाँले महिलाहरू राजनीतिक गतिविधिमा पनि सक्रिय हुनसकेमात्र नेपाली जनताको सुखको दिन आउने उल्लेख गर्नुभयो ।
उहाँले चितवनमा हुने सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन भव्यरूपमा सफल पार्न पार्टी कार्यकर्तालाई सक्रियरूपमा लाग्न अनुरोध गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चितवनका अध्यक्ष ज्ञानेन्द्र चेपाङले समाजवादी व्यवस्थाले मात्र नेपाली जनताको हित गर्ने भएकोले नेमकिपा समाजवाद स्थापनार्थ सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्था टिकाउन र जनतामाथिको शोषण चर्काउन शासक दलहरू जोडतोडले लागिरहेको र सत्ता भागबन्डामा केन्द्रित भएकाले त्यस्ता दलहरूको विरोधमा जनमत तयार गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सहसचिव सेमसल तामाङ र सदस्य सिर्जु शाहीले पनि नेक्रामसङ्घको सम्मेलन सफल पार्न सक्दो सहयोगको लागि अनुरोध गर्नुभयो ।
नेक्रामसङ्घ कालिका नपा वडा नं. ९ एकाइ समितिका अध्यक्ष लक्ष्मी चेपाङको सभापतित्वमा सम्पन्न भेलामा रेविका चेपाङ र योगिता चेपाङले पनि बोल्नुभएको थियो ।
Leave a Reply