इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
पेइचिङ, ३० मार्च (सीआरआई) । चीनका प्रधानमन्त्री ली छ्याङले मार्च ३० बिहान पोआउ एसिया मञ्च सन् २०२३ वार्षिक सम्मेलनको उद्घाटन समारोहमा मुख्य भाषण दिनुभयो ।
उहाँले आजको विश्वमा अस्थिरता र अनिश्चितता सामान्यजस्तै हुनु दुःखद भएको बताउनुभयो । दश वर्षअघि राष्ट्राध्यक्ष सी चिन फिङले पहिलोपटक मानव जातिको साझा भाग्य समुदायको महत्वपूर्ण अवधारणा प्रस्ताव गर्नुभएको थियो, जुन मानव प्रगतिको झण्डा र विश्वमा दिगो शान्ति र साझा समृद्धिको प्रवद्र्धन गर्न दृढ शक्तिको स्रोत बनेको उहाँले बताउनुभयो ।
ली छ्याङले अनिश्चित संसारमा विश्व शान्ति र विकास कायम राख्नको लागि चीनको निश्चितता मुख्य आधार भएको कुरामा जोड दिनुभयो । चीनको आर्थिक स्थायित्व प्रवद्र्धन गर्न र विश्व अर्थतन्त्रको विकासमा थप योगदान दिन विश्वस्त र सक्षम रहेको पनि उहाँले औँल्याउनुभयो ।
सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङ, स्पेनका प्रधानमन्त्री सान्चेज, मलेसियाका प्रधानमन्त्री अनवर, कोटेडीआतेरका प्रधानमन्त्री आही, अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक जर्जिएभा र ५० भन्दा बढी देश र क्षेत्रहरूका राजनीतिक, व्यापारिक र थिङक ट्याङ्क विद्वान गरी करीब १,५०० भन्दा बढी प्रतिनिधिहरू यस मञ्चमा सहभागी भएका छन् ।
त्यस्तै चीनका प्रधानमन्त्री ली छ्याङले २९ मा पोआउ एसिया मञ्चका अध्यक्षलगायत समितिका सदस्यहरूसँग भेट वार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री ली छ्याङका अनुसार, चालू वर्ष मञ्चको वार्षिक सम्मेलनको “अनिश्चित विश्वः एकता तथा सहकार्यबाट चुनौतीको सामना गर्नुका साथै खुलापन तथा सहिष्णुताबाट विकासलाई अघि बढाइने” भन्ने मुख्य विषयवस्तुले वर्तमान परिस्थिति र मानवजाति समाजको विकास तथा प्रगतिका लागि मार्ग देखाएको छ । चीनले समग्र नीतिलाई प्रभावकारी रूपमा लागु गरेर वृद्धि, रोजगार तथा बजार भाउलाई स्थिर पार्ने र सुधार तथा खुलापनको अटलताका साथ विस्तार गरेर व्यापारिक वातावरणको सुधार गर्दा उच्च गुणस्तरीय विकासलाई अझै अगाडि बढाउने छ । उहाँले पोआउ एशिया मञ्चले प्रारम्भिक इच्छा राखेर एशिया र विश्वको आदानप्रदानलाई बढाउने, विश्व व्यवस्थापनलाई सबल पार्ने र मानव भाग्य समुदायको निर्माण गर्ने ‘पोआउ उपाय’ बारे अध्ययन गर्ने आशा व्यक्त गर्नुभएको छ ।
चीनको राजनीतिक स्थिरता र सुधार तथा खुलापनले विश्वलाई सुनिश्चितता थपेको समितिका सदस्यहरूले बताएका छन् ।
Leave a Reply