भर्खरै :

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको अध्ययन र कार्यान्वयनमा जोड

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको अध्ययन र कार्यान्वयनमा जोड

 

पेइचिङ, ३१ मार्च । मार्च ३० मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोले नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी चिनफिङ विचारको अध्ययन र कार्यान्वयनसम्बन्धी चौथो सामूहिक अध्ययन गोष्ठी आयोजना गरेको छ ।
त्यसक्रममा सी चिनफिङले महत्वपूर्ण भाषण दिनुभयो । उहाँले नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको विचारलाई अध्ययन गरी कार्यान्वयन गर्नुपर्ने, नयाँ युग र नयाँ यात्राका लागि पेशागत विकासको नयाँ अवस्था सिर्जना गर्नुपर्नेजस्ता महत्वपूर्ण तथा आधारभूत आवश्यकता औँल्याउनुभयो । उहाँले नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको विचारले दश वर्षको विकास गरेको भन्दै यस प्रक्रियासँग सम्पूर्ण पार्टीलाई अध्ययनको लागि प्रवद्र्धन गर्दै उल्लेखनीय नतिजा हासिल गरेको बताउनुभयो ।
नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको विचारधाराले सुधार, विकास, स्थायित्व, आन्तरिक मामिला, विदेश मामिला, राष्ट्रिय रक्षा, पार्टीको शासन र अन्य पक्षहरूमा पूर्ण वैज्ञानिक प्रणालीको निर्माण गर्नुपर्ने कुरामा सी चिनफिङले औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *