इमानदार कार्यकर्ताहरूलाई प्रतिक्रियावादीहरूले अनेक जालझेल रचेर फसाउन सक्नेप्रति सचेत हुनुपर्ने
- भाद्र १५, २०८३
भक्तपुर, १७ चैत । भक्तपुरको सांस्कृतिक विधाहरूको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार भक्तपुर नपा वडा नं. ५ खःलाँमा नगरस्तरीय प्रगतिशील भजन प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।
नगरव्यापी प्रगतिशील भजन प्रतियोगितामा चण्डी भगवती रास भजन मण्डल प्रथम, पाताल गणेश भजन मण्डल द्वितीय, शुभप्रभात राम भजन मण्डल तृतीय र इन्द्रायणी भजन मण्डल र बाराही अजिमा भजन खलःले सान्त्वना स्थान प्राप्त गरेका छन् । त्यस्तै वाद्यवादनतर्फ भनपा ४ पाताल गणेश भजन मण्डलका महेन्द्र सिंख्वाल र गायनतर्फ भनपा ३ इन्द्रायणी भजन मण्डलकी निरूता गोरा उत्कृष्ट हुन सफल भएका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा प्रतियोगिताका विजयी भजन समूहहरूलाई पुरस्कार वितरण गरियो ।
पुरस्कार वितरण समारोहमा अध्यक्ष बिजुक्छेँले कला संस्कृति मानव जीवनको जीवनपद्धतिसँग सम्बन्धित समाजको ऐनाको रूपमा रहेको बताउनुभयो ।
भजनमार्फत समाज परिवर्तन र जनचेतना जगाउने अभियानमा लाग्न प्रेरित गर्दै उहाँले प्रगतिशील भजनबाट देशको इतिहास झल्काउने काम हुने हुँदा जनताको पक्षमा साहित्य लेख्न अभिप्रेरित गर्नुभयो ।
साहित्यकै माध्यमबाट नयाँ पुस्तालाई सही मार्गमा लैजान सकिने बताउँदै उहाँले जनतालाई सङ्गठित र सचेत पार्ने अभियानस्वरूप यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रगतिशील भजन प्रतियोगिताको प्रमुख उद्देश्य जनताको राजनीतिक र सामाजिक चेतनास्तर उकास्ने, अन्यायको विरोध गरी समाजमा परिवर्तन ल्याउने हो भन्नुभयो ।
साहित्य र संस्कृतिको माध्यमबाट समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले यस्ता प्रतियोगितालाई जोड दिँदै आएको बताउँदै उहाँले नगरपालिकाको आह्वानमा सहभागी सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
कार्यक्रममा निर्णायकमण्डलको तर्फबाट जनकवि चन्द्रबहादुर उलक, प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता संयोजन समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र सदस्य उकेश कवांले प्रतियोगिताको उद्देश्य, नियम र महत्वबारे प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको प्रगतिशील सांस्कृतिक भजन प्रतियोगितामा ४० वटा भजन समूहहरूले भाग लिएका थिए । प्रतियोगितामा पहिलो भएको भजन समूहलाई नगद रू. २५,०००।— का साथै मादल १ थान, तबला १ जोडा, तिं छु १ जोडा, झ्याली १ जोडा, दोस्रो भएको समूहलाई नगद रू. २०,०००।— का साथै मादल १ थान, तिं छु १ जोडा, झ्याली १ जोडा, तेस्रो भएको समूहलाई नगद रू. १५,०००।— का साथै मादल १ थान, तिं छु १ जोडा र सान्त्वना स्थान प्राप्त गरेको भजन समूहलाई नगद रू. १०,०००।— का साथै मादल १ थान, झ्याली १ जोडा पुरस्कार प्रदान गरिएको छ । साथै प्रतियोगिताका उत्कृष्ट कलाकार गायनतर्फ नगद रू. ५,०००।— र उत्कृष्ट कलाकार बाजातर्फ नगद रू. ५,०००।— प्रदान गरियो भने सहभागी टोलीलाई खाजाबापत रकम प्रतिटोली नगद रू. २५००।— प्रदान गरिएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले निर्णायक मण्डलका सदस्यहरू चन्द्रबहादुर उलक, बद्रीनारायण ताम्राकार, विष्णुबहादुर मानन्धर, पुष्पलाल सुजखु, ओमप्रकाश श्रेष्ठ, दामोदर सुवाल र इन्दिरा लाछिमस्युलाई मायाको चिनोसहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो । नगर प्रमुख प्रजापतिले प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई सहभागिताको प्रमाणपत्र र मादल १÷१ थान हस्तान्तरण गर्नुभएको थियो ।
प्रमुख प्रजापतिले उद्घाटन ¥यालीमा सहभागी बाजा खलः लाई धन्यवाद पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन गर्नुभएको थियो ।
प्रगतिशील भजन प्रतियोगिताअघि भनपा वडा नं. १ देखि ५ सम्मको भजन टोलीले इनागा र वडा नं. ६ देखि १० सम्मको भजन टोलीले दत्तात्रयबाट ¥याली सुरू गरेको थियो । ¥याली बजार परिक्रमापछि खःलाँमा पुगी प्रतियोगिता सुरू भएको थियो ।
Leave a Reply