इमानदार कार्यकर्ताहरूलाई प्रतिक्रियावादीहरूले अनेक जालझेल रचेर फसाउन सक्नेप्रति सचेत हुनुपर्ने
- भाद्र १५, २०८३
ललितपुर, १८ चैत । नेपालभाषा साहित्य तःमुंज्या ललितपुरको आयोजनामा दोस्रो नेपालभाषा साहित्य सम्मेलन शनिबार ललितपुर उपमहानगरपालिका वडा नं. २२ स्थित बुङमती पाचोमा सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन बुङमतीका ज्येष्ठ नागरिक भसी खड्गीले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले जनताका साहित्यकारहरूले देशको सार्वभौमिकता रक्षा र सीमा सुरक्षाबारे जनताको लागि निःशुल्क शिक्षा र स्वास्थ्य, युवालाई देशभित्र रोजगारीबारे साहित्य सिर्जना गर्नु जरुरी रहेको उल्लेख गर्दै हाम्रो साहित्यमा नायक र नायिका कामदारवर्गका योद्धा र देशभक्तलाई बनाउनु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “मिटरब्याजी पीडितहरूको समस्या आजको होइन, पञ्चायतकालदेखि नै मिटरब्याजी थिए । बहुदल र गणतन्त्रमा पनि मिटरब्याजी कायम हुनुमा सरकारमा गएका पार्टीहरू नै दोषी छन् । शासक दलकै कतिपय नेता-कार्यकता मिटरब्याजी भएको समाचार प्रकाशित भइरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी नियन्त्रण आयोग गठन गर्ने बताएको पीडितको लागि धुवाँको पर्दामात्र हो ।”
“गृहमन्त्री श्रेष्ठले गृहमन्त्रीलाई दैनिक ५० हजार र गृहसचिवलाई दैनिक २५ हजार सुराकी खर्चको व्यवस्था हटाउने बताए । हालसम्म कुन गृहमन्त्री र गृहसचिवले सुराकी खर्चको नाममा के-कति रुपैयाँ बुझिलिए सार्वजनिक गर्नु जरुरी छ”, सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरूले काठमाडौँ उपत्यकामा घर-जग्गा किन्न नपाउने र आ-आफ्नै निर्वाचन क्षेत्रमा जनतासँग बस्नुपर्ने कानुन बनाउनु जरूरी छ । काठमाडौँ उपत्यका भूकम्पीय जोखिम क्षेत्रमा पर्छ । प्राकृतिक प्रकोपको बेला भागेर लुक्ने ठाउँसमेत नहुने गरी बसोबास वृद्धि गर्ने र पुराना घर भत्काएर सडक चौडा गर्ने काम अब सरकारले छोड्नु आवश्यक छ ।”
खोना र बोङा सम्पदा र सांस्कृतिक क्षेत्र हो । दु्रतमार्गको नाममा यहाँको सांस्कृतिक सम्पदा मास्ने काम सरकारले गर्नु हुँदैन । देशको सन्तुलित विकास गरिए द्रुतमार्ग नै आवश्यक हुनेछैन । भारतीय विस्तारवादले द्रुत मार्गलाई आफ्नो प्रभाव बढाउन उपयोग गर्ने खतरा छ, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “वर्तमान र भविष्यको अमेरिकी कानुनी र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता र अमेरिकी सेनाले नेपालीको सेनाको ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी खारेज गर्नु जरुरी छ ।”
“सरकारका मन्त्री र अधिकारीहरूले द्रुतमार्गको दाया बायाँ जनताको जग्गा सस्तोमा खरिद गरेपछि द्रुतमार्गको लागि सस्तोमै जग्गा अधिग्रहण गराएको देशघाती र जनद्रोही काम हो”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साहित्य राजनीतिको हतियार हो, साहित्य सम्मेलन साहित्यको विविध विधामार्फत जनतालाई सचेत पार्ने निरन्तरता हो भन्नुभयो ।
शासक दलहरूले भाषा, कला, संस्कृति र उपत्यका नै ध्वंस गर्ने गरी सांस्कृतिक अतिक्रमण र जातीय दमन गरेको बताउँदै कामगरी खाने जनताले चुप लागेर सहने हो भने फेरि अर्को ३३ वर्ष दुःख झेल्नुपर्ने हुन्छ भन्नुभयो ।
उहाँले देशलाई बर्बाद पार्न भारत र अमेरिकाको षड्यन्त्रमा एमसीसी र एसपीपी राष्ट्रघाती सम्झौता र नागरिकता विधेयकजस्ता कार्य गरिरहेको बताउनुभयो ।
४० लाख भारतीयले नेपाली नागरिकता लिइरहेको र ८० लाख भारतीय नेपालमा बसिरहेको देशको लागि घातक रहेको उहाँले बताउनुभयो ।
बाग्मती प्रदेशसभाको बैठकमा बुङमती र खोकनाको दु्रतमार्गको विरोधमा भएको जनताको आन्दोलनमा भएको प्रहरी दमनविरूद्ध आवाज उठाएको चर्चा गर्दै उहाँले भन्नुभयो, “रासायनिक मलमा गरिएको मूल्यवृद्धिको विरोधमा सडक र सदन सङ्घर्ष गर्दा सरकार मूल्यवृद्धि फिर्ता लिन बाध्य भयो ।”
नेमकिपाका अर्का केन्द्रीय सदस्य नारायण महर्जनले साहित्यमार्फत जनचेतना फैलाई समाज परिवर्तन गर्न सक्ने चिनियाँ साहित्यकार लुसुनबाट शिक्षा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठले समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्ने पार्टी नेमकिपा मात्र भएको उल्लेख गर्दै साहित्यमार्फत जनचेतना फैलाउने काम तःमुंज्याले गरिरहेको छ भन्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले नेपालभाषाको विकासको लागि गरेको कामबारे जानकारी दिँदै निकट दिनमै नेपालभाषाको पाठ्यक्रम र पढाइ सुरू हुने बताउनुभयो ।
उहाँले साहित्यक कार्यक्रममा आगामी वर्षदेखि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तःमुंज्या ललितपुरका अध्यक्ष कवीन्द्र डंगोलको सभापतित्वमा भएको कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य प्रेमभक्त महर्जन, रूद्रायणी माविका प्रअ कृष्णभगत महर्जन, पील मोडर्नका प्रिन्सिपल अर्जुन महर्जन, आदर्श सौल माविका प्रअ ज्ञानभक्त महर्जन, जनसरोकार समितिका संयोजक अष्टबहादुर महर्जन, लिधंसा पासा पुचःका शरणगोपाल डंगोल, तःमुंज्या काभ्रेका कृष्णकुमार वैद्य र महेन्द्र ब्रम्हाचार्यलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सर्जकको साहित्य, सांस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरिएको थियो । कविता विधामा रामेश्वर श्रेष्ठ ॅजलन’ पहिलो, सुनिता गाइसी दोस्रो र रमेश महर्जन तेस्रो भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले भजन खलका सांस्कृतिक समूहलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा महन्त महर्जन र नरेश महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply