भर्खरै :

चिनियाँ राष्ट्रपति सी चिनफिङ र स्पेनका प्रधानमन्त्रीबिच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र स्पेनका प्रधानमन्त्रीबिच भेटवार्ता

पेइचिङ, १८ चैत (सीआरआई) । मार्च ३१ का दिन चिनियाँ राष्ट्रपति सी चिनफिङले जन बृहत सभाभवनमा चीनको भ्रमणमा रहनुभएका स्पेनका प्रधानमन्त्री सान्चेजसँग भेटर्वार्ता गर्नुभएको छ ।
सीका अनुसार यस वर्ष चीन र स्पेनबीचको दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव हो । आधा शताब्दी यता यी दुबै देशहरूले पारस्परिक सम्मान, आदानप्रदान र सक्रिय सहयोगमार्फत चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थापना तथा विकास गरेका छन् ।
उच्च गुणस्तरीय विकासले चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवद्र्धन गर्न प्रयास गरिरहेको चीनले स्पेनलगायत विभिन्न मुलुकलाई अझ व्यापक बजारमूलक अवसर सिर्जना गर्ने छ । प्रधानमन्त्री सान्चेजका अनुसार स्पेनले चीनसँग सदिच्छापूर्ण आदानप्रदान र वार्ता कायम राख्दै जाने आशा छ ।

सी चिनफिङ र सिङ्गापुरका प्रधानमन्त्रीबीच भेटवार्ता
त्यस्तै मार्च ३१ का दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनको औपचारिक भ्रमणमा रहनुभएका सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङसँग पेइचिङमा भेटर्वार्ता गर्नुभयो ।
भेटमा राष्ट्राध्यक्ष सी चिन फिङले चीन र सिङ्गापुर महत्वपूर्ण सहयोगी साझेदार भएको कुरा औँल्याउनुभयो । चीन र सिङ्गापुरबिचको सम्बन्ध सधैँ अग्रगामी, रणनीतिक र उदाहरणीय रहेको भन्दै उहाँले यसले दुई देशको विकास र पुनरूत्थानलाई मात्र बलियो रूपमा प्रवद्र्धन गरेको नभई यो क्षेत्रका देशहरूको लागि कोशेढुङ्गा भएको बताउनुभयो । चीनले चिनियाँ शैलीको आधुनिकीकरणको माध्यमबाट चौतर्फीरूपमा चिनियाँ राष्ट्रको महान कायाकल्पलाई अगाडि बढाएको जानकारी दिँदै सीले भन्नुभयो, “चीनको आर्थिक र सामाजिक जीवनलाई थप मुक्त गरिनेछ । चीनले सिङ्गापुरसहित चीनसँग सहयोग गर्न इच्छुक अन्य देशहरूसँग महत्वपूर्ण अवसरहरू बाँड्न चाहन्छ ।”
सिङ्गापुर र चीनले लामो समयदेखि एक अर्कालाई सहयोग र समर्थन गर्दै आएको बताउँदै सिङ्गापुरका प्रधानमन्त्री लीले दुई पक्षबिचको सम्बन्ध मात्रै बलियो हुने र चिनियाँ अर्थतन्त्रको निरन्तर सुधारमा दृढ विश्वास रहेको बताउनुभयो ।
सी चिन फिङ र मलेसियाली प्रधानमन्त्रीबीच भेटवार्ता
त्यस्तै मार्च ३१ का दिन राष्ट्राध्यक्ष सी चिन फिङले चीनको औपचारिक भ्रमणमा रहनुभएका मलेसियाका प्रधानमन्त्री अनवरसँग पेइचिङमा भेट गर्नुभयो ।
सी चिन फिङले चीन र मलेसियाबिचको मित्रताको लामो इतिहास रहेको र द्विपक्षीय सम्बन्धको विकास सधैँ यस क्षेत्रका राष्ट्रहरूको अग्रपङ्क्तिमा रहेको बताउनुभयो । यो वर्ष चीन–मलेसिया व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको दसौँ वार्षिकोत्सव भएको बताउँदै उहाँले अर्को वर्ष दुई देशबिचको दौत्य सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सव हुने बताउनुभयो । दुई पक्षले आगामी चरणमा दुवै देशको सम्बन्धको विकास र विभिन्न क्षेत्रमा सहयोगलाई प्रवद्र्धन गर्ने, चीन–मलेसिया सम्बन्धको स्थायित्व र थप विकासलाई प्रवद्र्धन गर्ने र दुई देशको समृद्धि र विकासमा नयाँ प्रेरणा दिने समग्र योजनाहरू बनाउनुपर्ने राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो ।
भेटवार्तामा प्रधानमन्त्री अनवरले भन्नुभयो, “चिनियाँ राष्ट्राध्यक्ष सीले चीनको इतिहासमात्र परिवर्तन गर्नुभएन, तर विश्व र मानव सभ्यतामा नयाँ आशा पनि ल्याउनुभयो । सी नेतृत्वको कदर गर्दै मित्रताको कदर गर्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *