क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
पेइचिङ, ५ अप्रिल (सीआरआई) । सन् २०२३ को अप्रिल २ तारिख, चीनको च्यौछ्यान उपग्रह प्रक्षेपण केन्द्रबाट थ्यानलोङ–२ याओ–१ क्यारियर रकेटको सफलतापूर्वक प्रक्षेपण भएको छ र रकेटद्वारा बोकिएका ‘लभ स्पेस साइन्स’ नामक उपग्रहलाई सफलतापूर्वक निर्धारित कक्षमा पु¥याइएको छ ।
यस पहिलो परीक्षात्मक उडानको मुख्य उद्देश्य क्यारियर रकेटको समग्र योजना र सम्बद्ध विभिन्न प्रणालीहरू बीचको समन्वयलाई प्रमाणित गर्नुका साथै पूर्ण उडान यात्राको वातावरणको तथ्याङ्कहरू प्राप्त गर्नु हो । ‘लभ स्पेस साइन्स’ उपग्रह मुख्यतया रिमोट सेन्सिङ इमेजिङ प्रयोग लगायतका प्रविधिहरूको प्रमाणीकरण गर्ने क्रममा प्रयोग गरिन्छ । यो मिसन थ्यानलोङ–२ क्यारियर रकेटको पहिलो उडान हो ।
नलोङ–२ क्यारियर रकेट ‘थ्यानपिङ टेक्नोलोजी’ नामक चिनियाँ निजी कम्पनीले विकास गरेको हो । योसँगै थ्यानलोङ–२ विश्वमा निजी उद्यमद्वारा विकसित र सफलतापूर्वक प्रक्षेपण गरिएको पहिलो तरल–इन्धन क्यारियर रकेट बनेको छ ।
Leave a Reply