नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
भक्तपुर, २३ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले नाफाको निम्ति आवास योजना सञ्चालन गरेको नभई भक्तपुर नगरलाई सुविधायुक्त सहरको रूपमा व्यवस्थित गर्न र व्यवस्थित बस्ती विकास गर्ने उद्देश्यले आवास योजना सञ्चालनमा ल्याएकोे बताउनुभयो ।
बुधबार साँझ भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा ठूलो ब्यासीमा समसामयिक राजनीतिक विषय तथा भक्तपुर नगरपालिकाले गर्दै आइरहेको आयोजित गतिविधिहरूबारे जनसभामा जानकारी दिन कार्यक्रम सम्बोधन गर्ने क्रममा नगर प्रमुख प्रजापतिले उक्त विचार राख्नुभएको हो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र देशको लागि आवश्यक दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले नेमकिपाको सिद्धान्तअनुरूप काम गरी भक्तपुरलाई व्यवस्थित र सुविधायुक्त सहरको रूपमा विकास गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै भक्तपुरको सार्वजनिक
र पर्ती जग्गा संरक्षणमा नपाले विशेष जोड दिँदै आएको बताउनुभयो ।
नगरपालिकाले आवास योजना सञ्चालन नगरेको भए घर जग्गा कारोबारीहरूले सस्तोमा किसानहरूसँग जग्गा लिई किसानहरूलाई बिस्थापित गर्ने उल्लेख गर्दै भक्तपुर नगरपालिकाबाट सञ्चालित आवास योजनाबारे उठेका जनगुनासो न्यायोचित ढङ्गले सम्बोधन गर्ने कोसिस गर्दै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाको गतिविधिबारे जानकारी दिँदै वडाको हरेक गतिविधिमा जनसहभागिता जुटेको खण्डमा सबै काम सहजरूपमा अगाडि बढ्ने धारणा राख्नुभयो ।
कार्यक्रममा देको मिवा आवास योजना उपभोक्ता समितिका रवीन्द्र खर्बुजा, आसकुमार कोजु, गणेशप्रसाद सुवाल, वडा सदस्यद्वय श्यामसुन्दर मातां र मन्जुमैंया लाखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply