नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
भक्तपुर, २३ चैत । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. को २५ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा बिहीबार रजत समारोह सम्पन्न भयो ।
समारोहमा प्रमुख अतिथि सुवालले सहकारी वित्तीय संस्था नभएको स्पष्ट पार्दै सहकारी संस्थाहरूले बैङ्क तथा वित्तीय संस्थाले जस्तो आर्थिक कारोबार मात्र नगरी सदस्य र समुदायकै हितको निम्ति विभिन्न सामाजिक गतिविधिहरू गरिरहनुपर्ने बताउनुभयो ।
सरकारले सहकारीलाई अर्थतन्त्रको तीन खम्बामध्ये एक भने तापनि सहकारीको विकासका लागि ध्यान नदिएको र सहकारीको नाममा ठगी गरेकाहरूमाथि कुनै कारबाही नगरेको उहाँले बताउनुभयो । उच्च ब्याजदरको लोभमा ओरेन्टललगायत नक्कली सहकारीमा बचत र निक्षेप रकम जम्मा गरेकाहरू ठगिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले समुदायमा आधारित सहकारीमै सदस्य बन्नु र बचत गर्नु बुद्धिमानी हुने औँल्याउनुभयो ।
वर्तमान सरकारको गठन नै विदेशीको निर्देशन र इसारामा भएकोले यसले नेपाली जनताको हितमा काम नगर्ने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संसद्मा गृहमन्त्रीले अबदेखि हिसाब बुझाउन नपर्ने सुराकी खर्चको बन्दोबस्त खारेज गरे । सुराकी खर्चको नाममा ३० वर्षसम्म भएको भ्रष्टाचारबारे छानबिन गर्नुपर्छ ।
समारोहमा सांसद सुवालले देश विकास गर्न विदेशमा अध्ययन गर्न जानु र विदेशीबाट सिक्नु सही भए पनि सिकेर विदेशीको सेवा गर्न विदेशमै बस्नु गलत भएको बताउनुभयो ।
पर्यटन उद्योगको दृष्टिले नेपालमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उहाँले हाम्रो देश र नगर, कला–संस्कृति र सम्पदाहरूबारे सही जानकारी प्रचार गर्न नयाँ पुस्तालाई विभिन्न देशको भाषा सिकाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले संस्थाद्वारा प्रकाशित रजत वर्ष स्मारिका २०७९ ‘हामो यात्रा हाम्रो अभियान’ विमोचन र नयाँ वर्ष २०८० को भित्तेपात्रो सार्वजनिकीकरण गर्नुभयो ।
त्यस्तै उहाँले संस्थाका ८० वर्षभन्दा माथिका सदस्यहरूलाई दोसल्ला ओढाई मायाको चिनोका साथ सम्मान गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालले सहकारी संस्थाको नाममा ठगिएकाहरूको उजुरी वडा कार्यालयमा बढिरहेको जानकारी दिनुभयो । उहाँले कतिपय सहकारी संस्थाका सञ्चालकहरू रकम बोकी फरार भएका उदाहरण दिँदै भक्तपुर नगरमा समुदायमा आधारित नरहेका बहुद्देश्यीय सहकारी संस्थाहरूलाई भक्तपुर नगरपालिकाले सञ्चालनको स्वीकृति नदिएको स्पष्ट पार्नुभयो ।
उहाँले मिवा–देको–इतापाके आवास योजनाबारे केही स्वार्थी तत्वहरूले गलत हल्ला फैलाइराखेको स्पष्ट पार्दै उक्त योजनामा स्पष्ट नीति र योजनाअनुसार बहुमत स्थानीयको हितका लागि नै काम अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजूले समुदायमा आधारित र समुदायद्वारा व्यवस्थित सहकारी मात्र भरोसालायक रहेको बताउनुभयो ।
उहाँले विभिन्न घरजग्गा कारोबारलगायत विभिन्न व्यवसायमा संलग्न व्यापारीहरूले सहकारी संस्थाको नाममा वित्तीय संस्था खोलेर उच्च ब्याजदरको लोभ देखाई सर्वसाधारणको निक्षेप आफ्ना व्यवसायमा लगानी गर्ने र आफ्नो व्यवसाय डुबेपछि सर्वसाधारणको रकम लिएर विदेश भाग्ने गरेको प्रस्ट पार्नुभयो ।
उहाँले श्रमजीवी साकोसमा १० वर्षभन्दा बढी कार्य गर्ने कर्मचारीहरूलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गणेशभक्त सितिखुले सहकारी संस्थाहरूले सहकारी आन्दोलनको मर्म बिर्सन नहुनेमा जोड दिनुभयो । उहाँले संस्थाका विगत वर्षमा सञ्चालक समितिमा बसी योगदान गरेका पदाधिकारीहरूमध्ये पाँच जनालाई सम्मान गर्नुभयो ।
संस्थाका अध्यक्ष बिकुलाल सुवालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सञ्चालक सदस्य पुण्यराम दुवाल र गीतामैयाँ कोण्डाले पनि बोल्नुभएको थियो ।
संस्था स्थापनाको रजत वर्षको अवसरमा बिहीबार बिहान खुला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । संस्थाको युवा तथा समाज कल्याण उपसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा महिला १२ जना र पुरुष २३ गरी जम्मा ३५ जनाले रक्तदान गरेका थिए ।
Leave a Reply