के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, २३ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, पूर्ववडाध्यक्ष कुमार चवाल, गुठी संस्थान भक्तपुरका प्रमुख खीमा ओली, सहायक सीडीओ माधव शर्मा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रहरी प्रशासनलगायतको टोलीले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्ण, भव्य र व्यवस्थितरूपमा मनाउन जात्रास्थल टौमढी, भैरवनाथ रथ र रथ तान्ने रुटको स्थलगत निरीक्षण गर्नुभयो । टोलीले बिस्केट जात्रा सञ्चालन हुने क्षेत्रमा रहेका तार र केबलहरूको अवस्थाबारे जानकारी लियो ।
बिस्का जात्राको लागि भैरवनाथको रथ निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । नयाँ वर्ष २०८० को आगमनसँगै २०७९ चैत २७ गतेबाट सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ भक्तपुरमा मनाइने जात्रा हो ।
यसअघि भक्तपुर नगरपालिकाकाले जात्रा शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गर्न जात्रासँग सम्बन्धित सरोकारवालाहरूसँग बैठक बसी आवश्यक निर्णय समेत गरिसकेको छ भने नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले जात्राको रुटमा पर्ने केबल तारहरूलाई २०७९ चैत २६ गतेसम्म व्यवस्थित गर्ने निर्णय समेत गरेको थियो ।
Leave a Reply