भर्खरै :

चीनद्वारा फ्रान्ससँग युक्रेन सङ्कटको राजनीतिक समाधान गर्न साझा आह्वान गर्ने आशा

चीनद्वारा फ्रान्ससँग युक्रेन सङ्कटको राजनीतिक समाधान गर्न साझा आह्वान गर्ने आशा

पेइचिङ, ६ अप्रिल । (सिआरआई) । अप्रिल ६ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानूएल म्याक्रोँले भेटवार्तापछि पत्रकारसँग संयुक्तरूपमा भेटघाट गर्नुभएको छ ।
सीले युक्रेन सङ्कटबारे चीन शान्ति वार्ता गर्न र राजनीतिक उपायमार्फत समाधान गर्न अडिग रूपमा लागिरहेको तथा चीनले फ्रान्ससँग मिलेर अन्तर्राष्ट्रिय समाजसँग संयमलाई कायम राख्न र अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर रूपमा पालना गर्न तथा जुनसुकै अवस्थामा पनि रासायनिक हतियारको प्रयोगको विरोध गर्न र शान्ति वार्ता छिटो रूपमा पुनःसुरु गर्न आह्वान गर्ने आशा लिएको बताउनुभएको छ ।
राष्ट्राध्यक्ष सीले उहाँहरूले मैत्रीपूर्ण र गहिरो भेटवार्ता गर्नुभएको तथा चीन र फ्रान्सले चीन र यूरोपको सम्बन्धका लागि नयाँ जीवन्त शक्ति दिने र अन्तर्राष्ट्रिय समाजलाई विश्वव्यापी चुनौतीको सामना गर्नका लागि नयाँ योगदान दिने बताउनुभयो ।
पहिलो, दुई पक्षले द्विपक्षीय सम्बन्धको स्थिरतालाई कायम राख्ने छन् । दोस्रो, पारस्परिक हित तथा फाइदा र साझा विकास पालना गर्ने छन् । तेस्रो, जन स्तर र संस्कृतिको आदान–प्रदानको चौतर्फी रूपमा पुनःसुरु गर्ने छन् । चौथो, पारस्परिक रूपमा समर्थन दिने र विश्व सुशासनको सुधार गर्न अगाडि बढाउने छन् ।
सीले चालू वर्ष चीन र यूरोपेली सङ्घबिच चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थापना भएको बीसौँ वार्षकोत्सव भएको भन्दै राष्ट्रपति म्याक्रोँसँग विभिन्न क्षेत्रको आदान–प्रदान, वार्ता र सहकार्य पुनःसुरु गर्न स्वीकार गर्नुभएको पनि बताउनुभयो ।

सी चिनफिङ र म्याक्रोँबीच भेटवार्ता
अप्रिल ६ का दिन अपराह्न चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चीनको भ्रमणमा रहनुभएका फ्रान्सका राष्ट्रपति इमानूएल माक्रोनसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति माक्रोनलाई तीन वर्षपछि चीनको राजकीय भ्रमण गर्नुभएकोमा स्वागत व्यक्त गर्नुभयो । उहाँले तीन वर्षयता दुई पक्षको साझा प्रयासमा चीन र फ्रान्सको सम्बन्धलाई सकारात्मक र स्थिर विकास प्रवृत्तिलाई कायम राखेको पनि बताउनुभयो । उहाँले दुई मुलुकले कोरोनाभाइरस महामारीविरुद्ध एक अर्कालाई समर्थन दिएको तथा द्विपक्षीय व्यापार रकममा तीव्ररूपमा वृद्धि भएको र दुई मुलुकले जलवायु परिवर्तन, जैविक विविधता, अफ्रिकी विकासआदि विषयहरूमा घनिष्ठ आदान–प्रदान र सहकार्य गरेको बताउनुभयो ।
सीकाअनुसार, राष्ट्रपतिको चीन भ्रमण चीनको वैदेशिक आदान–प्रदान चौतर्फी रूपमा पुनःसुरु भएको र चीनका दुईवटा अधिवेशनको सफलताका साथ आयोजना भएपछि यूरोपेली मुलुकका राष्ट्रनायकको पहिलो चीनको भ्रमण हो ।
सीले माक्रोनको चीन भ्रमणले चीन र यूरोपको सम्बन्धको विकासका लागि नयाँ जीवन्त शक्ति थप्ने विश्वास व्यक्त गर्नुभयो ।

चीन, फ्रान्स र युरोप त्रिपक्षीय भेटवार्ता आयोजित
अप्रिल ६ का दिन अपराह्न चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली सङ्घका अध्यक्ष भोन डेर लेयेनसँग चीन, फ्रान्स र युरोप त्रिपक्षीय भेटवार्ता गर्नुभएको छ ।
सो अवधिमा सीले यसरी भन्नुभएको छः फ्रान्सेली राष्ट्रपति म्याक्रोन र यूरोपेली सङ्घका अध्यक्ष भोन डेर लेयेन एकैसाथ चीन भ्रमण गर्नुभएबाट युरोपेली पक्षको चीनसँग सम्बन्ध विकास गर्ने सकारात्मक इच्छा देखाइएको छ । साथै यो चीन र युरोपेली सङ्घको साझा हितमा रहेको छ । वर्तमान विश्वमा, अन्तर्राष्ट्रिय स्थिति जटिल र परिवर्तनशील भएको साथै युक्रेन सङ्कट लामो समयसम्म र समाधान गर्न गा¥हो भएको देखिन्छ । यसका अतिरिक्त, कोभिड महामारीपछिको विश्व आर्थिक पुनरुत्थानको गति अपर्याप्त देखिन्छ र अन्तर्राष्ट्रिय वित्तीय बजार पनि अशान्त छ । विकासोन्मुख मुलुकहरूसामु देखा परेको कठिनाइहरू बढ्दै गइरहेको छ । यस्तो पृष्ठभूमिमा चीन र यूरोपेली सङ्घले संवाद र सहयोग गर्दै विश्व शान्ति र स्थिरताको रक्षा गर्नुपर्दछ । साझा विकास र समृद्धिलाई बढाउनुपर्दछ । मानव सभ्यताको प्रगतिलाई अघि बढाउनुपर्दछ र विश्वव्यापी देखा परेका चुनौतीहरूको सामना गर्न सँगसँगै काम गर्नुपर्दछ ।
चालू वर्ष चीन र यूरोपेली सङ्घबिच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको २० औँ वार्षिकोत्सव हो । चीनले यूरोपेली सङ्घसँगै मिलेर चीन–यूरोपेली सङ्घ सम्बन्धको विकास, विश्व शान्ति, स्थिरता र समृद्धिमा नयाँ जीवन्त शक्ति थप्ने इच्छा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *