नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
चैत १७ गतेदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा शान्तिपूर्ण र मर्यादित नै रह्यो । विगतमा जस्तो बोराका बोरा चिट नियन्त्रणमा लिएको समाचार सुन्न पाएको देखिँदैन । शिक्षक, अभिभावक र स्वयं परीक्षाका निरीक्षकहरूले चिट लेखेर सघाएको, परीक्षा केन्द्र बाहिरबाट झ्याल–झ्यालमा चिट फालेर सघाएको समाचार र दृश्य देख्न पाएको छैन । परीक्षा हलभित्र कुनै झै–झगडा भएको, झैझगडाका कारण कुनै परीक्षार्थी निष्काशित भएको, अनियमित गरिएकोमा कुनै परीक्षाका निरीक्षकहरू कारबाहीमा परेको जानकारी प्रकाशमा आएको छैन । यस हिसाबले गएको परीक्षाको तुलनामा यो परीक्षा अझ व्यवस्थित, शान्तिपूर्ण र मर्यादित भएको थाहा हुन्छ ।
तर, विडम्बना ! माध्यमिक शिक्षा परीक्षा (एसईई) को बिहीबारको सामाजिक शिक्षाको परीक्षाको दिन मोरङ जिल्लाका तीन परीक्षा केन्द्रबाट २ सय नक्कली विद्यार्थी पक्राउ परेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सो समाचार चैत २४ गते प्रकाशित ‘नागरिक’ पत्रिकामा बिहीबारसम्म देशभरिका ५ परीक्षा केन्द्र केन्द्रबाट २ सय २ नक्कली विद्यार्थी पक्राउ परेका समाचार छापियो । समाचारमा जनता मावि हरैचाबाट २० जना, सरस्वती मा.वि. झौराहाट परीक्षा केन्द्रबाट ५३ जना, सार्वजनिक मा.वि. केराबारी परीक्षा केन्द्रबाट १ सय २७ जना नक्कली परीक्षार्थी फेला परेको समाचार छापियो । यो एसईई परीक्षाको दुःखद समाचार हो । एउटै जिल्लामा २ सय नक्कली विद्यार्थी परीक्षामा सामेल हुनु भनेको सामान्य होइन । यसमा परीक्षा केन्द्रका प्रमुख र विद्यार्थीहरूको फोटो नहेर्ने निरीक्षक या अन्य व्यक्ति जिम्मेवार हुनेछन् । यसको दोषी नक्कली विद्यार्थी मात्र होइन परीक्षा केन्द्रका प्रमुख व्यक्तिहरू पनि जिम्मेवार छन् ।
सामाजिक शिक्षामा मात्र यतिका विद्यार्थी सङ्ख्या कसरी नक्कली देखिए ? यो छानबिनको विषय हो । यसरी नक्कली विद्यार्थी अन्य परीक्षा केन्द्रमा पनि भयो या भएन ? त्यो बाहिर आएको छैन । समाचार स्रोतअनुसार चैत १९ गते अनिवार्य गणितका दिन रौतहटको लक्ष्मी नियाँ परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी, चैत २० गते अनिवार्य नेपाली विषयको दिन खोटाङको लक्ष्मी मा.वि. बरहरे परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परी कारबाही भइरहेको छ । पहिले पनि माओवादीको तर्फबाट निर्वाचित सांसदको परीक्षा अर्को एक नक्कली विद्यार्थीले दिएको थियो । अब बाँकी परीक्षामा त्यस्ता कुनै अनियमित घटना नदोहोरियोस् । परीक्षा केन्द्रले परीक्षाको मर्यादा र विश्वसनियता कायम गरोस् ।
Leave a Reply