भर्खरै :

बिस्का जात्रा शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गरिने

बिस्का जात्रा शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गरिने

भक्तपुर, २६ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको ऐतिहासिक बिस्का जात्रा शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गर्न आइतबार भनपा सभाकक्षमा सुरक्षा निकायका प्रमुखहरूसँग तयारी बैठक सम्पन्न भयो ।
बैठकमा भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, इन्द्र बक्स गणका गणपति श्यामराजा विक्रम थापा, गणपति दिनेशकुमार महत, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भक्तपुरका प्रमुख प्रकाश आचार्य, सहायक सीडीओ माधवप्रसाद शर्मालगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *