नेमकिपाले जनताको सेवा गरेको मन नपरेर ‘भक्तपुर काण्ड’
- भाद्र १९, २०८३
भक्तपुर, २७ चैत । शारदा माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सोमबार एक समारोहका बिच विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यालय सञ्चालनको क्रममा विभिन्न समस्याहरू आउने सम्भावना हुँदा सबै मिलेर समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । विभिन्न आरोह अवरोहबिच विद्यालय नियमित सञ्चालन भइरहेकोमा खुसी व्यक्त गर्दै अतिथि बिजुक्छेँले विद्यार्थीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
शिक्षक, विद्यार्थी एवम् अभिभावकहरूले आ–आफ्नो कर्तव्य के हो भन्ने जानकारी हासिल गरेर गतिविधि गर्नुपर्ने बताउँदै उहाँले सामुदायिक विद्यालयको विकासको लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरिप्रसाद बासुकलाले सार्वजनिक संस्थालाई माया गर्ने पुस्ता तयार हुनुपर्ने आवश्यकता रहेको बताउँदै ठूला पुँजीवादी दलहरूले देश र जनताको पक्षमा काम नगरेको हुँदा दुःख पाएको बताउनुभयो । उहाँले नेपालको दक्ष जनशक्ति विदेशमा पठाउने नीतिको विरोध गर्दै सामुदायिक विद्यालयको स्तर उन्नतिका लागि भक्तपुर नगरपालिकाले विभिन्न योजनाहरू अगाडि ल्याएको बताउनुभयो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष श्रीकृष्ण किसीले विद्यार्थीहरूले किताबका पानाहरू मात्रै पल्टाएर नहुने भएकाले प्रविधिको सकारात्मक प्रयोगलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई समाजोपयोगी शिक्षा दिन शिक्षकहरूले पनि प्रविधिको ज्ञान हासिल गर्नुका साथै त्यसको उचित तरिकाले प्रयोग गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षद्वय हिमालयश्वरलाल मूल, राजेन्द्रप्रसाद हाडाले पनि बोल्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतुईले विद्यालयको प्रतिवेदन वाचन गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक सुन्दर राजचलले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा २०७८ सालका कक्षागत प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यार्थीहरू र विद्यालयको कक्षा ९ देखि १२ सम्मको आन्तरिक फूटसल प्रतियोगितमा प्रथम र द्वितीय स्थान प्राप्त विद्यार्थीहरूलाई पुुरस्कार वितरण गर्नुका साथै २०७८ सालको एस.ई.ई. परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । यसैगरी, वत्सलादेवी पुरस्कार, गजेन्द्रविज्ञान पुरस्कार प्रदान गरिएको उक्त समारोहमा अनिवार्य अवकाश प्राप्त शिक्षक सुरेन्द्रप्रसाद कर्माचार्य, २७ वर्ष सेवा अवधि पूरा गरेका शिक्षिका दमयन्ती पौडेल, २५ वर्ष सेवा अवधि पूरा गरेका शिक्षक सुशिला कर्माचार्य एवम् पूर्व शिक्षकहरू कान्ति के.सी, जेनीकिरण बासुकला, अनिका सुवाल, इन्दिरा घिमिरेलगायतका शिक्षकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षकहरू गायत्री तिमिल्सिना, कुशुम घिमिरे र दिलपना तिमिल्सिनाले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।
पुरस्कार वितरण तथा शिक्षक सम्मान कार्यक्रमपश्चात् सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
Leave a Reply