भक्तपुर बहिरा सङ्घको ३० औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशन उद्घाटन
- भाद्र २०, २०८३
भक्तपुर, २७ चैत । पञ्चकन्या माध्यमिक विद्यालय, सुडालको ३७ औँ वार्षिकोत्सव, शिक्षक सम्मान तथा पुरस्कार वितरण समारोह नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले आमाहरूको श्रमशक्ति वृद्धिका लागि स्थानीय तहको वडा र टोल टोलमा शिशु स्याहार केन्द्र र बालोद्यान स्थापना हुनु जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “मित्र देश प्रजग कोरियामा केटाकेटीको दरबार नै बनाइएको हुन्छ । नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूको कार्यालय दरबार हुन्छ, केटाकेटीलाई पढाइने विद्यालय भवन गतिला छैनन् ।”
सिंहदरबार कब्जा गर्न गएका शासक दलका नेता, प्रम र मन्त्रीहरूकै कारण जनतालाई दुःख भएको धारणा राख्दै उहाँले भन्नुभयो, “कुनै अदृश्य शक्तिको कारण मानिसलाई दुःख भएको होइन । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाइएको हुँदा सर्वसाधारण नेपाली जनतालाई दुःख भएको हो । हाम्रो गीत र सङ्गीतमा भ्रष्टाचार, कमिसन र कालोबजारको विरोध हुनु आवश्यक छ । पाँच पटक मन्त्री खाएका एक जनाले आफ्नो संस्मरणमा मन्त्री भनेकै अर्बौँ रूपैयाँ कुम्ल्याउने भ्रष्टाचारी भएको उल्लेख गरे । यसकारण, सबैले मन्त्रीहरूलाई भ्रष्टाचारमा नडुब्न खबरदारी गर्नु जरूरी छ ।”
सांसद सुवालले भन्नुभयो, “माओवादी गृहयुद्धको अर्बौँ रूपैयाँ प्रचण्डसँगै भएको बाबुराम, सीपी गजुरेल, खड्गबहादुर विश्वकर्मालगायतले बताएका थिए । सत्ता गठबन्धनकै एउटा पार्टीका सांसदले स्वास्थ्यमन्त्री बन्न अढाई करोड रूपैयाँ पार्टीमा बुझाउनुपर्ने बताएको फोनवार्ता रेकर्ड सार्वजनिक भयो । प्रम र मत्री बनेकाहरूले किसानलाई आवश्यक भएको मलको व्यवस्था गरेनन् । भारतबाट विषादी भएको दाल, चामल, तरकारी किनेर नेपाली जनता बाँच्न सम्भव छैन । पहिरोलगायत अन्य विपद्को कारण सडक अवरूद्ध भए काठमाडौँ उपत्यकाका मानिस खान नपाएर मर्ने दिन पनि टाढा छैन । यसकारण जग्गा बेच्नु भएन, निजी प्लटिङ रोक्नु जरूरी छ ।”
उहाँले भन्नुभयो, “२०५१ सालमा सरकार जोगाउन सांसद खरिद गर्न रूपैयाँ गन्न नभ्याइएर जोखेर २ करोड रूपैया पठाइएको, २०५३ सालमा सरकार जोगाउन सांसदलाई भारतको पुना र थाइलैन्डको बैङ्ककसम्म अपहरण गरी पु¥याइयो, २०५४ सालमा सरकार बचाउन सांसदलाई होटलमा थुनेर सुरासुन्दरीको फिल्म देखाइएको शासक दलहरूको नैतिक पतनको उदाहरण हो ।”
सांसद सुवालले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन स्थानीय जनता नै लाग्नु जरूरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य गीता काफ्लेले शैक्षिक क्षेत्र नसुध्रिएसम्म परिवर्तन नआउने भएकोले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता हो भन्नुभयो ।
चानपा ८ नं वडाका वडाध्यक्ष जनक खत्रीले स्थानीय तहले नगरमा शैक्षिक सुधारका लागि भएका प्रयासहरूबारे जानकारी दिँदै चानपाका ८० प्रतिशत विद्यालयमा डिजिटल शिक्षा दिन सक्षम भएको दाबी गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तराम दुलालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रअ नारायणप्रसाद दुलालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रअ प्रकाश तजले, शिक्षक राजकुमार कार्की, विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष खिलनाथ दुलाल, चानपा शिक्षा शाखाका प्रतिनिधि दिनेश अर्याल, संयुक्त परीक्षा समिति भक्तपुरका प्रतिनिधि कृष्णप्रसाद धन्छा, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष चन्द्रकला दुलाल र विद्यार्थी प्रतिनिधि निर्मला मानन्धरले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा एक दशकभन्दा लामो समयसम्म सेवारत शिक्षकहरू डेकाराम दुलाल, सुशिला बानियाँ, सुनिता कार्की, सृजना घोरसाइने, सुशिला दुलाल र कार्यालय सहयोगी जयन्ती कार्कीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एसएलसी २०७१ र एसईई २०७८ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै शैक्षिक सत्र २०७८ र २०७९ को वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थी, ३७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
Leave a Reply