शिक्षा शिविरको मूल मर्म सदस्यहरूलाई सहकारीतासम्बन्धी जानकारी दिनु हो
- भाद्र २०, २०८३
भक्तपुर, २७ चैत । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान एवं भित्तेपात्रो सार्वजनिकीकरण कार्यक्रम सिद्धि गणेश साकोसको सभाहल खँचामा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला अध्यक्ष उपेन्द्र सुवालले शुभकामना मन्तव्य राख्दै स्वदेशी निर्माण मजदुरहरूलाई कामको अभाव हुनु र ज्याला नबढ्नुमा विश्वव्यापीकरण र देशमा विदेशी कामदारको बढ्दो प्रवेश रहेको बताउनुभयो ।
उहाँले आजसम्मका सरकारहरूले मजदुरहरूको दुःख र पीडालाई बुझ्ने प्रयास नगरेको र ठूला पुँजीपति र उद्योगपतिवर्गको हितमा नीति निर्णय गरिरहेको बताउनुभयो ।
उहाँले कम्युनिस्ट भनिने शासक पार्टीहरू नक्कली कम्युनिस्ट र मजदुरविरोधीहरू पुष्टि भएको बताउनुभयो ।
सभापतिको आसनबाट आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरुले सरकारको गलत आर्थिक नीतिका कारण देशमा रोजगारी सिर्जना नभई बेरोजगारी र गरिबी बढेको, युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको र देशमा आर्थिक मन्दीसमेत देखिएको बताउनुभयो ।
शोषण, ठगी, धोखाधडी आदि पुँजीवादी व्यवस्थाको छाया नै भएको बताउँदै उहाँले पुँजीवादी व्यवस्था उल्टाएर समाजवादी व्यवस्था स्थापना गर्न मजदुरवर्ग लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा आयोजक समितिका सचिव रमेश दुमरु र कृष्णप्रसाद गोसाईले पनि मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply